Business Technology 

अडियोको अनुभवलाई नेक्स लेभलमा पुर्‍याउँदै रेड्मी बड्स ५ ए

१५ भदौ, काठमाडौं । अहिले सहज र उत्कृष्ट साउन्ड प्रदान गर्ने उच्च–गुणस्तरका अडियो डिभाइसको माग बढ्दै गएको छ। यात्रामा हुँदा, वर्कवाउट गर्दा वा घरमै बस्दा, सही इयरबड्सले प्रयोगकर्ताको अडियो अनुभवमा ठूलो अन्तर पार्न सक्छ। Redmi Buds 5A Audio पछिल्लो समयमा विभिन्न वायरलेस प्रविधिहरुले प्रयोगकर्तालाई आवश्यक अडियो अनुभव, उत्कृष्ट कनेक्टिभिटी र अन्य विशेषताहरू प्रदान गर्दै आएका छन् जसमध्ये रेड्मी बड्स ५ ए पनि निकै चर्चामा छ। रेड्मी बड्स ५ ए मा एक्टिभ नोइज क्यान्सिलेसन (एएनसी) उपलब्ध रहेको छ जसले अनावश्यक आवाजलाई रोकी प्रयोगकर्तालाई म्युजिक, पोडकास्ट वा कलमा क्लीयर साउन्ड प्रदान गर्दछ…

Read More
Banking Business 

आज सबैजसो विदेशी मुद्रा सस्तिए, कुन मुद्राको मूल्य कति घट्यो?

१५ भाद्र, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी र अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ। हिजो घटेको अमेरिकी डलरको मूल्य आज थप घटेको हो। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९० पैसा र बिक्रीदर १३४ रुपैयाँ ५० पैसा थियो। त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४८ रुपैयाँ…

Read More
Agriculture 

बोयर बोका र खरी जातको बाख्राको माग बढ्यो

१३ भदौ, दमौली । तनहुँको बन्दीपुर गाउँपालिकामा अवस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले लक्ष्यभन्दा बढी खरी जातको बाख्रा उत्पादन गरेको छ । केन्द्रले एक वर्षको अवधिमा ३४ खरी बाख्रा उत्पादनको लक्ष्य राखेकामा ७० बाख्रा उत्पादन गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा ३६ बढी बाख्रा उत्पादन भएको केन्द्रका प्रमुख राजु कँडेलले जानकारी दिए । उनका अनुसार केन्द्रबाट खरी, सिन्हाल, बारबरी, जमुनापारी क्रस, शुद्ध बोर, बोर क्रस, शुद्ध सानन र सानन क्रस बाख्राका पाठापाठी उत्पादन गरिएको छ । सोही वर्ष बारबारीका छ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा छ, सिन्हालका चार पाठापाठी उत्पादन लक्ष्य…

Read More
Travels & Tourism 

पर्यटन बोर्ड र एसटीएलआरपीलाई तेस्रोपटक पाटा गोल्ड अवार्ड

१३ भदाै, काठमाडाैं । नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले तेस्रो पटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) गोल्ड अबार्ड प्राप्त गरेको छ । प्यासिफिक ट्रावल एशोसिएसन (पाटा) को थाइल्याण्डमा बुधबार आयोजित कार्यक्रममा पाटका अध्यक्ष पीटर साइमनले (एसटीएलआरपी) परियोजनाका निमित्त प्रवन्धक धर्म दवाडीलाई अर्वाड हस्तान्तरण गएका थिए । परियोजनाले कम्युनिटी बेस टुरिजममा २०२४ का लागि पाटा गोल्ड अवार्ड पदान गरिएको हो । परियोजनाले नेपालका सात प्रदेश ५८ जिल्ला तथा ८५ वटा नगर\गाउँ पालिकाहरुसंगको सहलगानीमा विभिन्न स्थानमा पर्यटकीय गन्तव्य…

Read More
Business Corporate 

मध्यभोटेकोशीको प्रसारण लाइन निर्माणमा सहमति

१३ भदौ, बाह्रबिसे (सिन्धुपाल्चोक) । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०३ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण अगाडि बढाउने सहमति जुटेको छ ।ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्का, राज्यमन्त्री पूर्ण बहादुर तामाङ, सिन्धुपाल्चोका–२का संघीय सांसद मोहनबहादुर बस्नेत, मन्त्रालयका सहसचिव सन्दीप कुमार देव, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ,बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत तथा वडाध्यक्षहरु, सहायक प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य सङ्घका अध्यक्ष र आयोजनाबीच बुधबार भएको छलफलमा सहमति जुटेको छ ।बाह्रबिसे नगरपालिका–५ स्थिति आयोजनाको विद्युतगृहको स्वीचयार्डबाट सोही नगरपालिका–३स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने…

Read More
Business 

अमेरिकी र अस्ट्रेलियन डलर महँगिदा युरो र पाउन्ड सस्तिए

१३ भदाै, काठमाडाैँ। नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर र दिनारको मूल्य बढेको छ। युरो, पाउन्डसहित केही विदेशी मुद्राको मूल्य भने घटेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५९ पैसा थियो। त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४९ रुपैयाँ १२ पैसा र बिक्रीदर १४९…

Read More
Banking 

माछापुच्छ्रे बैंकको चाडपर्व लक्षित छुट योजना : घर लिने ग्राहकले बेस रेटमा ०.५ % प्रिमियममा कर्जा पाउने

१२ भदाै, काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडले आउँदै गरेको नेपालीहरूको महान चाड पर्वको समयलाई लक्षित गरी एक महिनाको लागि कर्जा सुविधामा छुट गर्ने योजना संचालनमा ल्याएको छ । तीज, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित योजना अन्तर्गत माछापुच्छ्रे बैंक लिमिटेडले घर कर्जा लिने ग्राहकको लागि बेस रेटमा ०.५ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ तथा सोही ग्राहक गाडी कर्जा लिन ईच्छुक भएमा बेस रेटमा ०.५ प्रतिशत प्रिमियम व्याजदरमा कर्जा उपलब्ध गराउनेछ साथै उक्त कर्जा लिने ग्राहकले क्रेडिट कार्ड लिन चाहेमा विशेष छुट समेत प्राप्त गर्न सकिने छ । त्यस्तै बैंकले १…

Read More
Share Market 

सेयर कारोबार रकममा उच्च गिरावट, नेप्से २७८६ अंकमा

१२ भदौ, काठमाडौं । बुधबार सेयर बजार तीव्र उतारचढावबीच अन्ततः सामान्य अंक बढेको छ । कारोबार सुरु भएपछि सवा १२ बजे बजार बढेर २८६० अंकसम्म पुगे पनि त्यो वृद्धिमा टिक्न सकेन । अन्ततः बजार २७८६ अंकमा बन्द भयो । जुन अघिल्लो दिनको तुलनामा ३.८ अंक बढेको हो । दिउँसो २ : ०४ बजे बजार २७६२ अंकसम्म झरेको थियो । बजार सामान्य अंक बढ्दा कारोबार रकममा भने उच्च गिरावट आएको छ । अघिल्लो दिन १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज १३ अर्ब ७२ करोडमा खुम्चियो । यस दिन बैंकिङ…

Read More
Automobiles Business 

नाडा अटो शोमा ‘अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर’ बजाज पल्सर एनएस ४०० जेड सार्वजनिक, कति पर्छ ?

१२ भदाै, काठमाडाैं । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को. प्रा.लिले भृकुटीमण्डपमा जारी नाडा अटो शोमा अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एनएस ४०० जेड लन्च गरेको छ । नयाँ पल्सर एनएस ४०० जेडले पावर, प्रविधि, र डिजाइनको संयोजन मार्फत बजाज प्रेमी नेपालीहरूलाई रोमाञ्चक राइडको अनुभव दिनेमा कम्पनी विश्वस्त रहेको छ । लामो समयदेखि प्रतिक्षित बजाज पल्सर एनएस ४०० जेड मा ३७३ सीसीको सिंगल–सिलिन्डर, लिक्विड–कूल्ड इन्जिन समावेश रहेको छ जसले ३९।४ ब्रेक हर्स पावर र ३५ एनएमको टर्क दिन्छ । ६ गियरसम्मको गियरबक्स रहेको यस मोटरसाइकलमा…

Read More
International 

टेलिग्रामका सीइओ पावेल डुरोफ फ्रान्सको विमानस्थलमा पक्राउ

११ भदाै, काठमाडौँ । टेलिग्रामका प्रमुख कार्यकारी अधिकृत पाभेल डुरोफलाई फ्रान्सका प्रहरीले प्यारिसभन्दा उत्तरमा अवस्थित एक विमानस्थलबाट पक्राउ गरेका छन्। फ्रान्सेली सञ्चारमाध्यमका अनुसार उनको निजी जेट लु बुर्च्छे विमानस्थलमा अवतरण गरेलगत्तै डुरोफलाई नियन्त्रणमा लिइएको थियो। अधिकारीहरूका अनुसार ३९ वर्षका उनलाई सन्देश आदानप्रदानका लागि प्रयोग हुने लोकप्रिय एपसँग सम्बन्धित कसुरमा पक्राउ गरिएको हो। फ्रान्सस्थित रुसी राजदूतावासले परिस्थिति प्रस्ट पार्नका लागि ‘तत्कालै कदम चालिरहेको’ रुसको तास समाचार संस्थाले जनाएको छ। डुरोफ आफ्नो निजी जेटमा यात्रा गरिरहेको फ्रान्सेली टेलिभिजन च्यानल टीएफ वानले आफ्नो वेबसाइटमा जनाएको छ। रुस-युक्रेनमा लोकप्रिय एप टेलिग्राम रुस, युक्रेन र पूर्व…

Read More