International Technology 

अन्तरिक्षमा सुनिताको आँखाको ज्योति कमजोर किन भयो?

०४ भदौ , काठमाडौं । करिब साढे २ महिनादेखि अन्तराष्ट्रिय स्पेस स्टेशनमा फसेकी अमेरिकी अन्तरिक्ष संस्था नासाकी अन्तरिक्षयात्री सुनिता विलियम्सको स्वास्थ्यमा समस्या देखिन थालेको छ । सुनिता गत जुनमा सहकर्मी अन्तरिक्षयात्री ब्यारी विल्मोरसँगै बोइंगको स्टारलाइनर अन्तरिक्षयानबाट स्पेस स्टेशनमा गएकी थिइन् । ती दुबैजना एक साता स्पेस स्टेशनमा बिताएर पृथ्वीमा फर्किने योजना थियो । तर अन्तरिक्षयानमा समस्या देखिएपछि उनीहरुको फिर्तीमा ढिलाइ भएको छ । नासाका अनुसार उनीहरुको पृथ्वी फिर्ता हुने मिति अर्को वर्ष अर्थात् २०२५ सम्म पर सर्न सक्छ । यसैबीच यान बिग्रिएर अन्तरिक्षमा अड्किएकी सुनिता विलियम्सको स्वास्थ्यमा समस्या देखिन थालेको छ । उनमा आँखाको…

Read More