Share Market 

बढ्यो नेप्से, सात कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट

०६ भदाै, काठमाडाैं ।  नेप्से परिसूचक जम्मा ६.०१ अंक बढेको हो । बिहीबार नेप्से ६.०१ अंकले बढेर २ हजार ९७४.४६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.७५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६१ अंक बढेको छ।

आज कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ । अघिल्लो दिन १८ अर्ब ९० करोडको कारोबार भएकोमा यस दिन १९ अर्ब १६ करोडको भयो । आज १३२ कम्पनीको मूल्य बढ्दा १०९ को घट्यो भने ३ को स्थिर रहेको छ ।

विकास बैंक समूहको सूचक ४.५ प्रतिशत बढ्यो । बैंकिङ ०.१७, फाइनान्स १.२३, होटल तथा पर्यटन १.३१, हाइड्रोपावर ०.५५, जीवन बीमा ०.२८ प्रतिशत बढे । ब्यापार १.५५, अन्य ०.३०, निर्जीवन बीमा १.१२, उत्पादन ०.५६ र लगानी समूह १.०८ प्रतिशत घटे ।

आज सात कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । तारागाउँ रिजेन्सी, नारायणी विकास बैंक, ज्योति विकास, कर्पोरेट डेभलपमेन्ट, सिन्धु विकास, सप्तकोशी विकास र थ्रीस्टार हाइड्रोपावरको मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

आज कारोबार रकमका आधारमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १ अर्ब ३ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

त्यस्तै, यस दिन अरुण भ्याली हाइड्रोपावरको करिब साढे ४७ करोडको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको करिब ४५ करोडको शेयर किनबेच भएको छ।

Related posts

Leave a Comment