Corporate 

जोखिमपूर्ण डिपो सार्न कुरा मिलेन

१० भाद्र, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सिनामङ्गलमा असुरक्षित हवाई इन्धन डिपो स्थानान्तरणको विषयमा राज्यका निकायहरूबिच तालमेल नमिलेको देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको धावनमार्गनजिक रहेको असुरक्षित डिपो अन्यत्र स्थानान्तरण गर्न निर्देशन दिए पनि त्यसका लागि अझै राजनीतिक प्रतिबद्धता उद्योग, वाणज्यि तथा आपूर्ति मन्त्रालयले खोजेको छ । प्रधानमन्त्री ओलीले सौर्य एयरलाइन्सको विमान साउन ९ गते विमानस्थल परिसरमा नै दुर्घटना भएपछि असुरक्षित डिपोका कारण अझ ठुलो सम्भावित दुर्घटना रोक्न तत्काल डिपो सार्न पहल गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई साउन १८ गते निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीले निर्देशन…

Read More
Gold & Silver 

सुनको मूल्य तोलामा एक हजारले वृद्धि

१० भदाै, काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजारले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५१ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५२ हजार चार सय निर्धारण भएको छ। यस्तै, चाँदीको मूल्य तोलामा रु ३५ ले वृद्धि भएको छ। शुक्रबार प्रतितोला रु एक हजार आठ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार आठ सय ५० निर्धारण भएको छ।

Read More