International 

टेलिग्रामका सीइओ पावेल डुरोफ फ्रान्सको विमानस्थलमा पक्राउ

११ भदाै, काठमाडौँ । टेलिग्रामका प्रमुख कार्यकारी अधिकृत पाभेल डुरोफलाई फ्रान्सका प्रहरीले प्यारिसभन्दा उत्तरमा अवस्थित एक विमानस्थलबाट पक्राउ गरेका छन्। फ्रान्सेली सञ्चारमाध्यमका अनुसार उनको निजी जेट लु बुर्च्छे विमानस्थलमा अवतरण गरेलगत्तै डुरोफलाई नियन्त्रणमा लिइएको थियो। अधिकारीहरूका अनुसार ३९ वर्षका उनलाई सन्देश आदानप्रदानका लागि प्रयोग हुने लोकप्रिय एपसँग सम्बन्धित कसुरमा पक्राउ गरिएको हो। फ्रान्सस्थित रुसी राजदूतावासले परिस्थिति प्रस्ट पार्नका लागि ‘तत्कालै कदम चालिरहेको’ रुसको तास समाचार संस्थाले जनाएको छ। डुरोफ आफ्नो निजी जेटमा यात्रा गरिरहेको फ्रान्सेली टेलिभिजन च्यानल टीएफ वानले आफ्नो वेबसाइटमा जनाएको छ। रुस-युक्रेनमा लोकप्रिय एप टेलिग्राम रुस, युक्रेन र पूर्व…

Read More
Banking 

नाडा अटो सो आजदेखिः यी सात बैंकबीच सस्तो ब्याजदर प्रतिस्पर्धा

११ भदौ, काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अटोमोबाइल प्रदर्शनी टाटा ईभी प्रस्तुत नाडा अटो सो २०२४ आज(भदौ ११) देखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ । ६ दिन अर्थात् भदौ १६ गतेसम्म चल्ने नाडा अटो सोमा नाडाका अनुसार प्रदर्शनीमा ७५ हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ। प्रदर्शन अवलोकनका लागि खल्ती एपबाट २० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ। यस वर्ष नाडाले विद्युतीय सवारीसाधनमा जोड दिएको छ। पछिल्लो समय विद्युतीय सवारी साधन माग बढ्दो छ। नाडा अटो सोमा झन्डै दर्जन नयाँ विद्युतीय सवारी ब्रान्डले सहभागिता जनाउँदै छन्। नयाँ…

Read More
Business Corporate 

व्यापारीको पीडा : उधाराे नदिउँ व्यापार हुँदैन, दिउँ पैसा उठ्दैन !

११ भदौ, काठमाडौं । इलामको पञ्चकन्या-६ का उद्यमी प्रेमप्रसाद आचार्यले उधारोमा बिक्री भएकाे सामानको पैसा नउठेको भन्दै २०७९ माघ १० गते काठमाडौँको नयाँ बानेश्वरमा आत्मदाह गरे । आचार्यको मृत्युसँगै मुलुकभरि नै जोडतोडले उधारो लेनदेन तथा कारोबारलाई व्यवस्थित गर्ने कानुन बनाउनुपर्ने विषय उठान भयो । तर, सो घटना घटेको १९ महिना बित्दा पनि अहिलेसम्म सो कानुन निर्माण गर्ने विषय ओझेलमा पर्दै आइरहेको छ । उद्यमी आचार्य जस्तै अहिले उद्योगधन्दा र व्यवसाय गर्दै आइरहेका धेरै उद्यमी– व्यवसायी भने उधारो दिएको वस्तु तथा सामानको रकम फिर्ता नभएकै कारणले विभिन्न खालका समस्या र चुनौती…

Read More
Automobiles 

१६ औं संस्करणको नाडा अटो शो सुरु (तस्बिरहरु)

११ भदाै, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो सुरु भएको छ । १६ औं संस्करणको नाडा अटो शोको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गरे । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा भएको नाडा अटो शो आजदेखि १६ गतेसम्म शो चल्नेछ । मेलामा २४ चार पाङ्ग्रे ब्रान्डहरू, १९ दुई पाङ्ग्रे ब्रान्डहरू, र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिने बताइएको छ ।

Read More
Gold & Silver 

मंगलबार एक तोला सुनलाई कति पर्ने ?

११ भदाै, काठमाडाैं । सोमबारको तुलनामा मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार पनि सोही भाउमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार मंगलबार चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी एक हजार ८४० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ५०७ दशमलव ३८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी…

Read More