मंगलबार एक तोला सुनलाई कति पर्ने ?
११ भदाै, काठमाडाैं । सोमबारको तुलनामा मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार पनि सोही भाउमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार मंगलबार चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी एक हजार ८४० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ५०७ दशमलव ३८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ दशमलव ८८ डलरमा कारोबार भइरहेको छ ।
