१६ औं संस्करणको नाडा अटो शो सुरु (तस्बिरहरु)
११ भदाै, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो सुरु भएको छ । १६ औं संस्करणको नाडा अटो शोको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गरे ।
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा भएको नाडा अटो शो आजदेखि १६ गतेसम्म शो चल्नेछ ।
मेलामा २४ चार पाङ्ग्रे ब्रान्डहरू, १९ दुई पाङ्ग्रे ब्रान्डहरू, र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिने बताइएको छ ।





