Business 

अमेरिकी र अस्ट्रेलियन डलर महँगिदा युरो र पाउन्ड सस्तिए

१३ भदाै, काठमाडाैँ। नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर र दिनारको मूल्य बढेको छ। युरो, पाउन्डसहित केही विदेशी मुद्राको मूल्य भने घटेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५९ पैसा थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४९ रुपैयाँ १२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७८ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५० रुपैयाँ ३३ पैसा थियो।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७७ रुपैयाँ १३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९६ पैसा थियो।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ९६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ९२ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३३ पैसा थियो।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३९ रुपैयाँ र बिक्रीदर ४४० रुपैयाँ ९६ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४४० रुपैयाँ ८७ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३५७ रुपैयाँ २० पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५७ रुपैयाँ १५ पैसा थियो।

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

Related posts

Leave a Comment