Banking 

नाडा अटो सो आजदेखिः यी सात बैंकबीच सस्तो ब्याजदर प्रतिस्पर्धा

११ भदौ, काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अटोमोबाइल प्रदर्शनी टाटा ईभी प्रस्तुत नाडा अटो सो २०२४ आज(भदौ ११) देखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ । ६ दिन अर्थात् भदौ १६ गतेसम्म चल्ने नाडा अटो सोमा नाडाका अनुसार प्रदर्शनीमा ७५ हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ। प्रदर्शन अवलोकनका लागि खल्ती एपबाट २० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ। यस वर्ष नाडाले विद्युतीय सवारीसाधनमा जोड दिएको छ। पछिल्लो समय विद्युतीय सवारी साधन माग बढ्दो छ। नाडा अटो सोमा झन्डै दर्जन नयाँ विद्युतीय सवारी ब्रान्डले सहभागिता जनाउँदै छन्। नयाँ…

Read More
Business Corporate 

व्यापारीको पीडा : उधाराे नदिउँ व्यापार हुँदैन, दिउँ पैसा उठ्दैन !

११ भदौ, काठमाडौं । इलामको पञ्चकन्या-६ का उद्यमी प्रेमप्रसाद आचार्यले उधारोमा बिक्री भएकाे सामानको पैसा नउठेको भन्दै २०७९ माघ १० गते काठमाडौँको नयाँ बानेश्वरमा आत्मदाह गरे । आचार्यको मृत्युसँगै मुलुकभरि नै जोडतोडले उधारो लेनदेन तथा कारोबारलाई व्यवस्थित गर्ने कानुन बनाउनुपर्ने विषय उठान भयो । तर, सो घटना घटेको १९ महिना बित्दा पनि अहिलेसम्म सो कानुन निर्माण गर्ने विषय ओझेलमा पर्दै आइरहेको छ । उद्यमी आचार्य जस्तै अहिले उद्योगधन्दा र व्यवसाय गर्दै आइरहेका धेरै उद्यमी– व्यवसायी भने उधारो दिएको वस्तु तथा सामानको रकम फिर्ता नभएकै कारणले विभिन्न खालका समस्या र चुनौती…

Read More
Automobiles 

१६ औं संस्करणको नाडा अटो शो सुरु (तस्बिरहरु)

११ भदाै, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो सुरु भएको छ । १६ औं संस्करणको नाडा अटो शोको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गरे । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा भएको नाडा अटो शो आजदेखि १६ गतेसम्म शो चल्नेछ । मेलामा २४ चार पाङ्ग्रे ब्रान्डहरू, १९ दुई पाङ्ग्रे ब्रान्डहरू, र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिने बताइएको छ ।

Read More
Gold & Silver 

मंगलबार एक तोला सुनलाई कति पर्ने ?

११ भदाै, काठमाडाैं । सोमबारको तुलनामा मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार पनि सोही भाउमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार मंगलबार चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी एक हजार ८४० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ५०७ दशमलव ३८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी…

Read More
Corporate 

जोखिमपूर्ण डिपो सार्न कुरा मिलेन

१० भाद्र, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सिनामङ्गलमा असुरक्षित हवाई इन्धन डिपो स्थानान्तरणको विषयमा राज्यका निकायहरूबिच तालमेल नमिलेको देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको धावनमार्गनजिक रहेको असुरक्षित डिपो अन्यत्र स्थानान्तरण गर्न निर्देशन दिए पनि त्यसका लागि अझै राजनीतिक प्रतिबद्धता उद्योग, वाणज्यि तथा आपूर्ति मन्त्रालयले खोजेको छ । प्रधानमन्त्री ओलीले सौर्य एयरलाइन्सको विमान साउन ९ गते विमानस्थल परिसरमा नै दुर्घटना भएपछि असुरक्षित डिपोका कारण अझ ठुलो सम्भावित दुर्घटना रोक्न तत्काल डिपो सार्न पहल गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई साउन १८ गते निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीले निर्देशन…

Read More
Gold & Silver 

सुनको मूल्य तोलामा एक हजारले वृद्धि

१० भदाै, काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजारले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५१ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५२ हजार चार सय निर्धारण भएको छ। यस्तै, चाँदीको मूल्य तोलामा रु ३५ ले वृद्धि भएको छ। शुक्रबार प्रतितोला रु एक हजार आठ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार आठ सय ५० निर्धारण भएको छ।

Read More
Share Market 

सेयर बजारमा उच्च अंकको गिरावट

०९ भदाै, काठमाडौँ । आइतबार सेयर बजारमा उच्च अंकमा गिरावट आएको छ। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ७९.८८ अंक घटेको हो। सो गिरावटपछि नेप्से २८९४ अंकमा झरेको छ। कुल १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। ६० कम्पनीको मूल्य बढ्दा १८४ को घटेको छ। यस दिन माइक्रोफाइनान्स बाहेकका सबै समूहगत सूचक घटेका छन्। माइक्रोफाइनान्स भने १.०८ प्रतिशत बढेको छ । बैंकिङ ३.३१, विकास बैंक २.४४, फाइनान्स ३.५०, होटल तथा पर्यटन २.३८, हाइड्रोपावर ३.०४, लगानी ३.८३, जीवन बीमा २.५०, उत्पादन १.९८, निर्जीवन बीमा २.३२, अन्य ३.५५ र व्यापार…

Read More
Share Market 

बढ्यो नेप्से, सात कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट

०६ भदाै, काठमाडाैं ।  नेप्से परिसूचक जम्मा ६.०१ अंक बढेको हो । बिहीबार नेप्से ६.०१ अंकले बढेर २ हजार ९७४.४६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.७५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६१ अंक बढेको छ। आज कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ । अघिल्लो दिन १८ अर्ब ९० करोडको कारोबार भएकोमा यस दिन १९ अर्ब १६ करोडको भयो । आज १३२ कम्पनीको मूल्य बढ्दा १०९ को घट्यो भने ३ को स्थिर रहेको छ । विकास बैंक समूहको सूचक ४.५…

Read More
Main Headlines Political Finance 

बजेटमा परेका २५ प्रतिशत योजना पूर्ण कार्यान्वयन, चार बुँदाको कार्यान्वयन शून्य

०५ भदाै, काठमाडाैं । गत आर्थिक वर्ष २०८०\८१ को बजेट वक्तव्यमा उल्लेख भएका निजी क्षेत्र तथा अर्थतन्त्रसँग सम्बन्धित योजना एवं कार्यक्रममध्ये करिब २५ प्रतिशत मात्रै पूर्ण कार्यान्वयनमा आएको देखिएको छ । नेपाल उद्योग परिसङ्घ (सीएनआइ)ले नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा तयार पारेर आज सार्वजनिक गरेको ‘बजेट वाच’ प्रतिवेदनअनुसार निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित बजेटमा परेका ७३ बुँदाहरुको वार्षिक कार्यान्वयन प्रगति कमजोर देखिएको हो । बजेटमा परेका २४ दशमलव ६५ प्रतिशत अर्थात् १८ वटा बुँदा पूर्ण कार्यान्वयन भएको, ६९ दशमलव ८६ प्रतिशत अर्थात् ५१ बुँदा आंशिक कार्यान्वयन भएको र पाँच…

Read More
International Technology 

अन्तरिक्षमा सुनिताको आँखाको ज्योति कमजोर किन भयो?

०४ भदौ , काठमाडौं । करिब साढे २ महिनादेखि अन्तराष्ट्रिय स्पेस स्टेशनमा फसेकी अमेरिकी अन्तरिक्ष संस्था नासाकी अन्तरिक्षयात्री सुनिता विलियम्सको स्वास्थ्यमा समस्या देखिन थालेको छ । सुनिता गत जुनमा सहकर्मी अन्तरिक्षयात्री ब्यारी विल्मोरसँगै बोइंगको स्टारलाइनर अन्तरिक्षयानबाट स्पेस स्टेशनमा गएकी थिइन् । ती दुबैजना एक साता स्पेस स्टेशनमा बिताएर पृथ्वीमा फर्किने योजना थियो । तर अन्तरिक्षयानमा समस्या देखिएपछि उनीहरुको फिर्तीमा ढिलाइ भएको छ । नासाका अनुसार उनीहरुको पृथ्वी फिर्ता हुने मिति अर्को वर्ष अर्थात् २०२५ सम्म पर सर्न सक्छ । यसैबीच यान बिग्रिएर अन्तरिक्षमा अड्किएकी सुनिता विलियम्सको स्वास्थ्यमा समस्या देखिन थालेको छ । उनमा आँखाको…

Read More