Banking Business Main Headlines 

यस्तो छ देशको एक वर्षको आर्थिक तथा वित्तीय स्थिति(पूर्णपाठ)

०२ भदाै, काठमाडाैं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ को तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक एक वर्षको तथ्यांकसहितको उक्त रिपोर्टअनुसार वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । यस्तै आयात १.२ प्रतिशतले र निर्यात ३.० प्रतिशतले घटेको छ । अघिल्लो वर्ष आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको थियो। बैंकका अनुसार विप्रेषण आप्रवाह (रेमिट्यान्स) नेपाली रुपैयाँमा १६.५ प्रतिशत र अमेरिकी डलरमा १४.५ प्रतिशतले बढेको छ । यस्तै शोधनान्तर स्थिति रु.५०२ अर्ब ४९ करोडले बचतमा हुँदा कुल विदेशी विनिमय सञ्चिति…

Read More
Technology 

टेलिकमको प्रिपेड सिममा अन्तर्राष्ट्रिय रोमिङ सेवा स्वतः उपलब्ध हुने

०२ भदाै, काठमाडौं । नेपाल टेलिकमले ३० साउनदेखि सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रुपमा स्वतः उपलब्ध हुने व्यवस्था मिलाएको छ । हाल प्रिपेड ग्राहकले अन्तर्राष्ट्रिय रोमिङ सेवा सक्रिय गराउनु पर्ने अवस्था रहेकोमा अब भने सबै प्रिपेड ग्राहकको मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रुपमा स्वतः उपलब्ध हुनेछ । सेवाग्राहीले 14157# डायल गरे पश्चात उपलब्ध हुने मेनुबाट उपयुक्त विकल्प छनोट गरी आफ्नो मोबाइलमा रोमिङ सेवा उपलब्ध भए/नभएको यकिन गर्न सकिन्छ । अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु भएका ग्राहकले नेपाल टेलिकमकै सिम प्रयोग गरी विदेशमा पनि भ्वाइस, डाटा र एसएमएस…

Read More
Main Headlines Share Market 

तीन जिल्ला बिदामा किन खुल्दैन शेयर बजार ? के चाहन्छन् लगानीकर्ता, के भन्छन् नियामक ?

०२ भदाै, काठमाडाैं। पछिल्लो समय शेयर बजार बढिरहेको छ। बजार सूचक नेप्से ३००० माथि पुगेको थियो। आज करेक्सन आएर नेप्से परिसूचक फेरि २९६६.३३ को विन्दुमा बन्द भएको छ। दैनिक कारोबार रकमले फड्को मारिरहेको छ। यो साता सोमबार र मंगलबार सार्वजनिक बिदा दिइएको छ। सोमबार जनैपूर्णिमा परेको छ। यो दिन देशभर सार्वजनिक बिदा दिइएको छ।मंगलबार गाईजात्रा परेको छ। यो दिन उपत्यका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक बिदा दिइएको छ। सार्वजनिक बिदा नपरेको खण्डमा शेयर बजारमा साताको ५ दिनमात्रै कारोबार हुन्छ। शुक्रबार र शनिबार शेयर कारोबार हुँदैन। तर, यो साता…

Read More
Business Main Headlines 

धार्मिक एवम् पर्यटकीयस्थल गोसाईकुण्डमा पहिलो पटक पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

०२ भदौ, रसुवा । रसुवास्थित प्रसिद्ध तीर्थस्थल गोसाईकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाईकुण्डमा शुक्रबार ग्रिडको विद्युत् पुर्याएको छ । वत्ति पुगेसँगै गोसाईकुण्ड क्षेत्र झिलिमिली भएको छ । धार्मिक एवम् पर्यटकीय गन्तव्य गोसाइकुण्डमा जनैपूर्णिमा दिन लाग्ने मेलाको पूर्वसन्ध्यामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याइएको हो । अहिलेसम्म गोसाईकुण्ड क्षेत्र र त्यहाँ पुग्ने पैदल बाटोमा पर्ने केही स्थानका पर्यटन व्यवसायीले सौर्य ऊर्जाबाट विद्युत् प्रयोग गरिरहेका थिए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवम् पर्यटकीय…

Read More
Automobiles 

डिपल एस०७ को बुकिङ नयाँ मूल्यमा खुल्ला, ३ लाख रुपैयाँले बढ्यो

०२ भाद्र, काठमाडौं । चांगनको प्रिमियम एसयुभी डिपल एस०७ को नयाँ मूल्यमा बुकिङ खुला भएको छ। चांगन डिपलको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले बिहीबारदेखि नयाँ मूल्य कायम गरि बुकिङ खुलाएको हो। छोटो समयमै कर्पोरेट क्षेत्रमा लोकप्रिय बनेको यो प्रिमियम इलेक्ट्रिक एसयुभीको नयाँ मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। हाल बजेटले समेत इलेक्ट्रिक गाडीको करमा केही परिवर्तन गरेका कारणले यो मूल्य कायम गरिएको अनुमान गर्न सकिन्छ ।अब सो गाडीको बुकिङ फेरि खुला गरिएको छ । यद्यपि गाडी डेलिभरी भने असार मसान्त पश्चात मात्र हुने कम्पनी स्रोतको भनाइ छ ।…

Read More
Banking Main Headlines 

बैंकहरुमा नयाँ ब्याजदर

०२ भाद्र, काठमाडौं । भदौ १ गतेबाट बैंकहरुमा नयाँ ब्याजदर लागू भएको छ । वाणिज्य बैंकहरूले भदौबाट लागू हुने गरी निक्षेपको ब्याजदर थप घटाएका छन् । २० वाणिज्य बैंकहरुले सार्वजनिक गरेको ब्याजदर सूचनाअनुसार एउटा बैंक प्राइम कमर्सियलले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएको छ भने ७ बैंकले स्थिर राखेका छन् । स्टान्डर्ड चार्टर्ड, नबिल, ग्लोबल आईएमई, लक्ष्मी सनराइज, सिटिजन्स, माछापुच्छ्रे र कुमारीले ब्याजदर स्थिर राखेका छन् । १२ बैंकले ब्याजदर घटाएका छन् । जसले गर्दा औसत ब्याजदर पनि घटेको छ । साउन महिनामा व्यक्तिगत मुद्दतीमा २० वाणिज्य बैंकहरुको अधिकतम औसत ब्याजदर…

Read More
Main Headlines 

कृषि विकास बैंकद्वारा अटिजम केयर सेन्टरलाई सहयोग 

काठमाडौँ — कृषि विकास बैंकले सामाजिक उत्तरदायित्वअर्न्तगत अटिजम, बौद्धिक अपांगता केयर सेन्टरलाई आर्थिक सहयोग गरेको छ । चन्द्रागिरी नगरपालिका– १२ बलम्बुमा सञ्चालनमा रहेको अटिजम केयर सेन्टरलाई सहयोग गरेको हो । कृषि विकास बैंकका निमित प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले अटिजम भएका बालबालिकाहरुको हेरचाह, आधारभूत शिक्षण तथा सिकाइ कार्यका लागि आर्थिक सहयोग रकम हस्तान्तरण गरेको बताए । महिला उत्प्रेरणा विकास मञ्चद्धारा सञ्चालित अटिजम केयर सेन्टर बलम्बुमा अहिले आशिक र नियमित गरि १५ जना बालबालिका सिकाई प्रक्रियामा रहेका छन् ।

Read More