International 

मरेका माछा हटाउन एक महिना सङ्कटकालको घोषणा

१६ भदाै एथेन्स । मध्य ग्रीसको बन्दरगाह शहर भोलोसमा मरेका माछाहरू डुबानमा फसेपछि यसबाट स्थानीय बासिन्दाहरूको सामान्य जनजीवनमा खतरा उत्पन्न हुनसक्ने भन्दै सरकारले सफाइका लागि एक महिना सङ्कटकालको घोषणा गरेको छ। एथेन्स समाचार एजेन्सीका अनुसार जलवायु मन्त्रालयका नागरिक सुरक्षामामिला मन्त्री भासिलिस पापाजर्जिउले जारी गरेको एक महिना लामो सङ्कटकालको घोषणाले पागासेटिक गल्फ पोर्टको सफाइलाई गति दिन कोष र स्रोत जुटाउने र प्रयोग गर्नेछ । भोलोसको समुद्री किनार र नदीहरूमा कैयौँ टन मरेका माछाहरू थुप्रिएका छन्। एथेन्सको उत्तरमा रहेको भोलोस बन्दरगाहमा गत वर्ष आएको विनाशकारी बाढीपछि आएको यो दोस्रो वातावरणीय विपत्ति हो…

Read More
Business Main Headlines 

अब निजी क्षेत्रले गुनासो गर्न छोड्नु पर्छ : अर्थमन्त्री पौडेल

१६ भाद्र, काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रलाई गुनासोबाट बाहिर निस्केर लगानी, उत्पादन र रोजगारी सिर्जना गर्न आग्रह गरेका छन्। सरकारले निजी क्षेत्रका समस्या सुनवाई गर्ने र उचित समाधान खोज्न तयार रहेकाले अब निजी क्षेत्रले गुनासो गर्न छोड्ने बेला आएको बताएका हुन्। आइतबार आर्थिक पत्रकार समाज नेपाल (सेजन)को २६औं सधारणसभामा बोल्दै उनले आर्थिक स्थिरताको लागि राजनीतिक स्थायित्व आवश्यक रहेकाले कांग्रेस-एमाले गठबन्धन बनेको र यो गठबन्धनको भूमिका महत्वपूर्ण रहेको औंल्याए। मौद्रिक नीतिप्रति यो तहको स्वागत ऐतिहासिक भए पनि यसले शिथिलता चिर्न पर्याप्त नभएको पनि स्वीकार गरे। मन्त्री पौडेलले आर्थिक सुधारका…

Read More
Agriculture Business 

डल्ले च्याउ प्रतिकेजी २३ रुपैयाँभन्दा बढीले महँगियो, कति पुग्यो तरकारी र फलफूलको मूल्य ?

१६ भाद्र, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार आज डल्ले च्याउको भाउ प्रतिकेजी २३ रुपैयाँभन्दा बढीले बृद्धि भएको छ । शनिबार प्रतिकेजी ४३० रुपैयाँ रहेको डल्ले च्याउको भाउ आइतबार बढेर ४५३ रुपैयाँ ३३ पैसा पुगेको हो ।  यसैगरी, तने बोडी प्रतिकेजी ७६ रुपैयाँबाट बढेर ८५ रुपैयाँ, घिउ सिमी प्रतिकेजी ८६ रुपैयाँबाट बढेर ९५ रुपैयाँ, टाटे सिमी ११५ रुपैयाँ पुगेको छ । यसैगरी भटमासकोशा पनि प्रतिकेजी ९५ रुपैयाँबाट बढेर ११० रुपैयाँ पुगेको छ भने तराई परवर ४५ रुपैयाँबाट बढेर ५५ रुपैयाँ पुगेको छ । …

Read More
Business Corporate 

पेट्रोलियम पदार्थको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य सूची

१६ भाद्र, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेल र डिजलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ । आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर ३७ डलर मूल्य घटाइएको छ । खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत् नै छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ । सुर्खेत र दाङ क्षेत्रमा १६२ र अरु क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्नेछ…

Read More