International 

मरेका माछा हटाउन एक महिना सङ्कटकालको घोषणा

१६ भदाै एथेन्स । मध्य ग्रीसको बन्दरगाह शहर भोलोसमा मरेका माछाहरू डुबानमा फसेपछि यसबाट स्थानीय बासिन्दाहरूको सामान्य जनजीवनमा खतरा उत्पन्न हुनसक्ने भन्दै सरकारले सफाइका लागि एक महिना सङ्कटकालको घोषणा गरेको छ।

एथेन्स समाचार एजेन्सीका अनुसार जलवायु मन्त्रालयका नागरिक सुरक्षामामिला मन्त्री भासिलिस पापाजर्जिउले जारी गरेको एक महिना लामो सङ्कटकालको घोषणाले पागासेटिक गल्फ पोर्टको सफाइलाई गति दिन कोष र स्रोत जुटाउने र प्रयोग गर्नेछ । भोलोसको समुद्री किनार र नदीहरूमा कैयौँ टन मरेका माछाहरू थुप्रिएका छन्।

एथेन्सको उत्तरमा रहेको भोलोस बन्दरगाहमा गत वर्ष आएको विनाशकारी बाढीपछि आएको यो दोस्रो वातावरणीय विपत्ति हो । बाढीले सन् १९६२ मा औलोविरुद्ध लड्नका लागि निकालिएको नजिकैको तालमा सामान्य अवस्थामाभन्दा तीन गुणा पानी जम्मा भएको थियो ।

“थेसली विश्वविद्यालयका कृषि र वातावरणका प्राध्यापक दिमित्रिस क्लाउडाटोसले भने, “गत शरद ऋतुमा ड्यानियल र एलियासको आँधीबेहरीपछि थेस्सालीको लगभग २० हजार हेक्टर समथर भूमिमा बाढी पसी व्यवसायिकरूपमा पालेका स्वच्छ पानीका माछालाई नदीहरूले समुद्रमा लगेका थिए।”

अहिले बाढीको प्रभाव कम हुँदा तालको पानी ह्वात्तै घटेको र यसले गर्दा तातो पानीका माछाहरू भोलोस बन्दरगाहतिर गई मरेपछि शहरभरी दुर्गन्ध फैलिएको छ । मङ्गलबार मात्रै अधिकारीहरूले भोलोस नजिकैको समुद्री किनारमा बगाइएका ५७ टन मरेका माछा हटाएका थिए।

एर्टन्यूज च्यानलका अनुसार पागासेटिक नदीमा आएको बाढीमा डुबेका हजारौँ मरेका माछामध्ये अधिकांशलाई निकालिएको छ । सिरिया नदीको मुहानमा मरेका माछाहरू राख्न विशेष जालहरू राखिएको छ ।

रेष्टुरेण्ट तथा बारहरूको स्थानीय सङ्घका अनुसार गत वर्षको बाढीपछि यस क्षेत्रमा पर्यटकको सङ्ख्यामा करिब ८० प्रतिशतले कमि आएको छ । सङ्घका अध्यक्ष स्टेफानोस स्टेफानोउले भने, “यो मरेको माछाको अवस्था हाम्रो मृत्युको कारण हुने भएको छ।” वातावरणीय सङ्कटले सरकारी अभियोजकहरूलाई अनुसन्धान अघि बढाउन बाध्य गरेको छ।

Related posts

Leave a Comment