International 

विश्वव्यापी रुपमै वैदेशिक लगानी आप्रवाहमा गिरावट, नेपालको खुद आप्रवाह ६ अर्ब मात्रै

१८ भदाै, काठमाडाैँ । वैदेशिक लगानी आप्रवाह विश्वव्यापी रुपमै घटेको देखिएको छ । युनाइटेड नेसन्स कन्फेरेन्स अन ट्रेड र डेभलपमेन्टले सार्वजनिक गरेको वर्ल्ड इन्भेष्टमेन्ट रिर्पोट २०२४ का अनुसार वैदेशिक लगानी आप्रवाह विश्वव्यापी रुपमै घटेको पाइएको हो । विश्वव्यापी रुपमै घटेको वैदेशिक लगानी आप्रवाहको असर नेपालमा समेत देखिएको छ । आर्थिक वर्ष २०७९\८० मा स्वीकृत भएको ३७ अर्ब ८० करोड ५८ लाख प्रत्यक्ष वैदेशिक लगानीबाट ७ अर्ब ८० करोड रुपैयाँ कुल वैदेशिक लगानी नेपालले प्राप्त गरेको छ । साथै सोही वर्षमा १ अर्ब ८० करोड रुपैयाँ वैदेशिक लगानीकर्ताले फिर्ता लिएर गएका…

Read More
Automobiles Business 

नाडा अटो शो २०२४ मा ७७० बीवाईडी गाडी बुकिङ

१८ भदौ, काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिका अनुसार ६ दिनसम्म चलेको नाडा अटो शो २०२४ मा ७७० वटा बीवाईडी गाडी बुकिङ भएका छन् । बुकिङ भएका मध्ये २७३ वटा डल्फिन र ४९७ एट्टो ३ छन् । बुकिङ भएका गाडीहरु ग्राहकलाई छिट्टै हस्तान्तरण गरिने कम्पनीले जनाएको छ । आइतबार अटो शो सम्पन्न हुँदासम्म यो संख्यामा बीवाईडी बुकिङ भएको हो । बीवाईडीप्रति धेरै दर्शकको आकर्षण देखिएको र अटो शोमा अवलोकन गर्नेहरु धेरैले शोरुममा आएर बीवाईडी खरिद गर्ने प्रतिबद्धता समेत जनाएको बताइएको छ । नाडा अटो शो २०२४ मा…

Read More
Automobiles Corporate 

नाडा अटो शो २०२४ सम्पन्र : यी स्टल बने उत्कृष्ट

१८ भदौ, काठमाडौं । स्टल अवार्ड वैद्य अर्गनाइजेसनको एथर ब्रान्डले, कमर्सियलमा एमएडब्लु वृद्धिको सोकोन र कम्पोनेन्टमा सत्यदिप इन्टरप्राइजको भिडोलले पाएको छ। यस वर्षको प्रदर्शनीमा २४ चार पांग्रे ब्रान्डहरू, १९ दई पांग्रे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिएको थियो । साथै, ३३ कम्पनीहरूमा लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरू रहेका छन् भने मेलामा ७ वटा बैंक तथा वित्तीय संस्थाहरूको समेत सहभागिता थियो । यसपटकको नाडा अटो शो ८० हजार भन्दा बढी दर्शकले अवलोकन गरेको नाडाले जनाएको छ।

Read More
Travels & Tourism 

टानको अध्यक्षमा सागर पाण्डे र महासचिवमा शेर्पा विजयी

१८,भदौ काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा भारी मतसहित सागर पाण्डे विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्याशी राजेन्द्र सापकोटालाई पराजित गर्दै पाण्डे विजयी भएका हुन् । यस्तै महसचिवममा पाण्डे समुहकै सोनाम ग्यल्जेन शेर्पा विजयी भएका छन् । उनले सापकोटा समुहका राजेन्द्र प्रसाद सुबेदीलाई पराजित गरेका हुन् । वरिष्ठ उपाध्यक्षमा पाण्डे समुहका चोलेन्द्र कार्कीलाई पराजित गर्दै कर्मा शेर्पा विजयी भएका छन् भने प्रथम उपाध्यक्षमा सापकोटा समुहका विष्णुप्रसाद लम्साल र द्वितीय उपाध्यक्षमा सनम शेर्पा विजयी भएका छन् । त्यस्तै सचिव पदमा रिञ्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतम राज…

Read More
Technology 

आफ्नो फोनमा गुगल स्मार्ट लक फिचर यसरी प्रयोग गर्नुहोस्

१८ भदाै, एजेन्सी । इन्टरनेटको बढ्दो प्रयोग र स्मार्टफोनहरूको व्यापकता मान्छेहरूका लागि अत्यन्त लाभदायक बन्दै गएको छ । आजको समयमा स्मार्टफोनले मानिसहरूको जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । विश्वको सबैभन्दा ठूलो सर्च इञ्जिन र अग्रणी प्रविधि कम्पनीहरूमध्ये एक, गुगलले प्रायः आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ-नयाँ फिचरहरू ल्याइरहन्छ । डिजिटल युगमा, फोनमार्फत अनलाइन भुक्तानी छिट्टै गर्न सकिन्छ । साथै, फोनमा धेरै महत्त्वपूर्ण कागजातहरू र संवेदनशील जानकारीहरू पनि भण्डारण हुन्छन् । त्यसैले, फोनको सुरक्षालाई झनै अत्यावश्यक बनेको छ । यस्तो अवस्थामा, गुगल स्मार्ट लक तपाईंको निकै सहयोगी बन्न सक्छ। आखिर गुगल स्मार्ट लक…

Read More