Automobiles Business 

नाडा अटो शो २०२४ मा ७७० बीवाईडी गाडी बुकिङ

१८ भदौ, काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिका अनुसार ६ दिनसम्म चलेको नाडा अटो शो २०२४ मा ७७० वटा बीवाईडी गाडी बुकिङ भएका छन् । बुकिङ भएका मध्ये २७३ वटा डल्फिन र ४९७ एट्टो ३ छन् ।

बुकिङ भएका गाडीहरु ग्राहकलाई छिट्टै हस्तान्तरण गरिने कम्पनीले जनाएको छ । आइतबार अटो शो सम्पन्न हुँदासम्म यो संख्यामा बीवाईडी बुकिङ भएको हो । बीवाईडीप्रति धेरै दर्शकको आकर्षण देखिएको र अटो शोमा अवलोकन गर्नेहरु धेरैले शोरुममा आएर बीवाईडी खरिद गर्ने प्रतिबद्धता समेत जनाएको बताइएको छ ।

नाडा अटो शो २०२४ मा बीवाईडीले नयाँ गाडी सिलायन ७ र नयाँ भर्सनको एट्टो ३ तथा डल्फिन लगायतका गाडी प्रदर्शन गरेको थियो । त्यसैगरी बीवाईडीको ब्लेड ब्याट्री र बीवाईडीको ईभीका लागि छुट्टै आफ्नै प्लेटफर्म ई–प्लेटफर्म ३।० समेत प्रदर्शन गरेको थियो ।

बीवाईडीले हालै उपलब्ध गराएको बीवाईडी एपको वारेमा समेत धेरैले चासो राखेको पाइएको थियो ।

Related posts

Leave a Comment