Banking Banking Fraud 

बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयकलाई लैंगिकमैत्री बनाउन माग

१९ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयक (दोस्रो संशोधन), २०८० लाई लैङ्गिक समानता बनाउनुपर्ने बताएकी छिन् । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयक (दोस्रो संशोधन), २०८० संशोधन प्रस्ताव पेश गर्दै उनले विधेयकमा परिवारका सदस्य भनेर गरेको परिभाषामा लैङ्गिक समानता नभएको बताइन् । उनले विधेयकमा परिवारको सदस्य भन्नाले बैंक वा वित्तीय संस्थाको संस्थापक, सञ्चालक प्रचलित कानून बमोजिम वित्तीय स्वास्थ मानिने शेयर धनी, प्रमुख कार्यकारी अधिकृत, कर्मचारी म्यानेजिङ एजेन्ट वा सम्बिन्धि व्यक्तिको संगोलमा रहेका पति पत्नी, छोरा…

Read More
Business Share Market 

सेयर बजारमा उच्च गिरावट, नेप्से २७३९ अंकमा झर्‍यो

१९ भदौ, काठमाडौं । बुधबार सेयर बजार उच्च अंकले घटेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ९०.७३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २७३९ अंकमा कायम भएको छ । नेप्से घट्दा कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन १३ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९२ करोडको भयो । ३१ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने एकको स्थिर रह्यो । सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ ३.१, विकास बैंक २.२, फाइनान्स ५.१, होटल तथा पर्यटन ४.४, हाइड्रोपावर ३.५, लगानी ३.५, जीवन…

Read More
Banking Business 

सांग्रिला डेभलपमेन्ट बैंक र होटल भ्यु पोइन्ट बिच सम्झौता

१९ भदाै, काठमाडौं । बालुवाटार स्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नगरकोट भक्तपुरमा स्थित होटल भ्यु पोइन्ट बिच बैंकका ग्राहक महानुभाव, शेयरधनी र बैंकका कर्मचारीहरुलाई होटलसंग सम्बन्धित सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका काठमाडौं क्लष्टर प्रमुख सुप्रिया श्रेष्ठ र होटलको तर्फबाट होटलका प्रबन्धक निर्देशक दिनेश भक्त श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकहरुले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गरी होटल भ्यु पोइन्टमा बैंकका ग्राहक महानुभावहरुलाई सेवामा २० प्रतिशत तथा बैंकका शेयरधनी र…

Read More
Main Headlines 

डुडुवामा नयाँ पुल बनेपछि आवागमन सहज

१९ भदौ, बाँके । नेपालगञ्ज–बघौडा हुलाकी सडकअन्तर्गत बाँकेको डुडुवा गाउँपालिका–४ स्थित डुडुवाखोलामा पुल निर्माण भएपछि सवारी आवागमन सहज भएको छ । यसबाट डुडुवाखोलामा जीर्ण अवस्थामा रहेको साँघुरो पुलमा वारपार गर्न पालो पर्खिनुपर्ने बाध्यता हटेको छ । यसअघि पुल साँघुरो भएका कारण एकतर्फी मात्र सवारीसाधनले पुल वारपार गर्नुपर्ने अवस्था थियो । डुडुवामा दुई लेन फराकिलो नयाँ पुल बनेपछि सवारीसाधन आवागमनमा सहज भएको नरैनापुर–३ निवासी ताजमोहम्मद खानले बताए । नयाँ पुल सञ्चालनमा आएपछि समयको बचतसँगै दुर्घटनाको जोखिम हटेको उनको भनाइ छ । यो पुलको निर्माण तोकिएको समयभन्दा करिब ६ महिनाअघि नै सम्पन्न…

Read More
Business Gold & Silver 

सुनको भाउ तीन दिनदेखि स्थिर

१९ भदाै, काठमाडाैं । सुनको भाउ तीन दिनदेखि स्थिर रहेको छ । सोमबार प्रतितोला ३०० रुपैयाँ घटेर १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बुधबार पनि सोही भाउमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार बुधबार चाँदी प्रतितोला एक हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार ४९५ दशमलव ४ डलरमा कारोबार भइरहेको छ…

Read More
Main Headlines 

दसैँमा सुकिला नोट मात्रै, नयाँ नोट बन्द

१९ भदौ, काठमाडौँ । हरेक वर्ष दसैँका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैङ्कले यस पटक सुकिला नोटले काम चलाउने भएको छ ।दसैँतिहारलक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैङ्कले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको हो । खर्चको व्यवस्थापन गर्न राष्ट्र बैङ्कले केही वर्षअघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाए पनि अगाडि बढेको थिएन । राष्ट्र बैङ्कका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले पुराना सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने जानकारी दिनुभयो । यस पटक दसैँमा नयाँ नोट वितरण…

Read More
Automobiles 

नयाँ क्लासीक ३५० को मूल्य सार्वजनिक

१९ भदाै, काठमाडौं । रोयल इनफिल्ड क्लासीक ३५० को नयाँ भर्सन भारतीय बजारमा सार्वजनिक भएको छ । कम्पनीले फिचर अपडेट गरेर क्लासीक ३५० को नयाँ भर्सन सार्वजनिक गरेको हो । कम्पनीले केही दिनअघि क्लासीक ३५० प्रदर्शन गरेको थियो भने अहिले कम्पनीले मूल्य सार्वजनिक गरेको हो । रोयल इनफिल्डको सर्वाधिक बिक्री हुने मोटरसाइकल क्लासीक ३५० को मूल्य १ लाख ९९ हजार ५०० रुपैयाँदेखि २ लाख ३० हजार भारतीय रुपैयाँसम्म निर्धारण गरेर सार्वजनिक गरेको हो । कम्पनीले क्लासीक ३५० लाई अघिल्लो वर्ष ‘जे प्लेटफर्म’मा ल्याएको थियो । कम्पनीले विभिन्न फिचर थप गर्नुका…

Read More