Business Gold & Silver 

सुनको भाउ तीन दिनदेखि स्थिर

१९ भदाै, काठमाडाैं । सुनको भाउ तीन दिनदेखि स्थिर रहेको छ । सोमबार प्रतितोला ३०० रुपैयाँ घटेर १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बुधबार पनि सोही भाउमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार बुधबार चाँदी प्रतितोला एक हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार ४९५ दशमलव ४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ दशमलव ०४ डलरमा कारोबार भइरहेको छ ।

Related posts

Leave a Comment