Business Gold & Silver 

सुनको भाउ चार दिनदेखि स्थिर

२० भदाै, काठमाडाैं। सुनको भाउ चार दिनदेखि स्थिर रहेको छ । सोमबार प्रतितोला ३०० रुपैयाँ घटेर १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बिहीबार पनि सोही भाउमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार बिहीबार चाँदी प्रतितोला एक हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ४९५ दशमलव ४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ दशमलव ०४ डलरमा कारोबार भइरहेको छ ।

Related posts

Leave a Comment