Automobiles Business 

नेपाल नआउँदै २५ युनिट बुकिङ भएको थियो एमटी ४५० बाइक, दोस्रो लटको बुकिङ खुला

२० भदाै, काठमाडौँ । नेपाल नआउँदै सीएफ मोटोको एमटी ४५० बाइक २५ युनिट बुकिङ भएको बताइएको छ । हालै सम्पन्न नाडा अटो शोमा प्रिमियम टु ह्विलर ब्रान्ड सीएफ मोटोको एमटी ४५० र सोही कम्पनीअन्तर्गतको इलेक्ट्रिक स्कुटर जिहोको एई ४ लन्च भएको थियो । नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले लन्च गरेको नयाँ स्कुटर एबीएस र नन् एबीएस भर्सनमा उपलब्ध छन् । यी दुईवटै बाइकमा दर्शकको आकर्षण निकै राम्रो रहेको ऋषि ट्रेड सेन्टरका महाप्रबन्धक उज्ज्वल जोशीले बताएका छन् ।

जोशीका अनुसार एमटी ४५० मोटरसाइकल ५ महिनाअघि मात्र फिलिपिन्समा पहिलोपटक लन्च भएको हो । अन्तरराष्ट्रिय बजारमा लन्च भएलगत्तै यो नयाँ मोटरसाइकल नेपाल नआउँदै २५ युनिट बुकिङ भएको थियो । ‘नाडाको पहिलो दिनमा थप बुकिङ लिएर हामीले यसको पहिलो लटका लागि बुकिङ क्लोज गरेका छौँ भने दोस्रो लट अक्टोबरमा डेलिभरी दिने गरी पुनः बुकिङ खुलाएका छौँ ।’ उनले भने ।

सीएफ मोटो एमटी ४५० मा ४४९।५ सीसीको बलियो, लिक्विड कुल्ड, प्यारलल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिन जडान गरिएको छ । यसले ४४ एचपी पावर र ४४ एनएम टर्क जेनेरेट गर्छ भने यसले ४५० एमटीलाई सुरक्षा र सुविधाका उत्कृष्ट सुविधाहरूले सुसज्जित गरेको छ ।

यसमा बोस ट्र्याक्सन कन्ट्रोल सिस्टम, फोल्डेबल रियर–भ्यू मिरर्स, एडजस्ट गर्न मिल्ने विन्डशिल्ड र केवाईबी सस्पेन्सन रहेको छ । १७ लिटरको ठूलो फ्युल ट्यांकले रिफ्युलिङविना नै लामो दूरी यात्रा गर्न सम्भव बनाउँछ । बाइकमा पूर्ण रूपमा डिजिटल ६ इन्च फराकिलो टीएफटी डिस्प्ले रहेको छ ।

एड्भेन्चर सेग्मेन्टमा सबैभन्दा पावरफुल मोटरसाइकल भए पनि यसको मूल्य १२ लाख ५० हजार रुपैयाँ मात्र कायम गरिएको महाप्रबन्धक जोशीले बताएका छन् ।

Related posts

Leave a Comment