Automobiles 

२१० एमएम ग्राउन्ड क्लियरेन्स भएको नयाँ ईभी ‘एलईभी ०१’ नेपाली बजारमा, ५०० किमि रेन्ज दिने

२० भदाै, काठमाडौं । चीनको अटो पार्ट्स उत्पादक साङ्घाई लन्चको सहायक कम्पनी एलएस अटोको नयाँ विद्युतीय सवारी ‘एलईभी ०१’ नेपाली बजारमा आएको छ । नेपालका लागि एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चर प्रालिले यो गाडी नेपाल भित्र्याएको हो ।

‘एलईभी ०१’​ को सुरुवाती मूल्य नेपाली बजारमा ६१ लाख ९० हजार रुपैयाँ तोकिएको छ । यसलाई कम्पनीले एसई र सीई भेरियन्टमा सार्वजनिक गरेको छ ।

कारमा ९९ किलोवाट क्षमताको मोटर र ६७.१ किलोवाट आवर क्षमताको ब्याट्री पाउन सकिन्छ । कम्पनीले दुवै भेटियन्टमा समान क्षमताको मोटर र ब्याट्री उपलब्ध गराएको छ ।

कम्पनीले एसई भेटरियन्टको मूल्य ६१ लाख ९० हजार रुपैयाँ र सीई भेरियन्टको मूल्य ७१ लाख ९० हजार रुपैयाँ कायम गरेको छ ।

क्रसओभर एसयूभी डिजाइनमा तयार भएको यस गाडीको लम्बाइ ४६४० एमएम, चौडाइ १८७० एमएम र उचाइ १६५५ एमएम छ भने २७६० एमएमको ह्विलवेस रहेको छ ।

१९ इन्च अलोय ह्विल भएको गाडीको ग्राउन्ड क्लियरेन्स २१० एमएम छ । यसलाई एक पटकको फुल चार्जमा ५०० किलोमिटरभन्दा बढी कुदाउन सकिने कम्पनीले दाबी गरेको छ ।

एलइभी-०१ मा पानारोमिक मुनरुफ, वायरलेस मोबाइल चार्जर, इलेक्ट्रिक टेलगेट, ३६० डिग्री क्यामेरा, लेबल टु एडास सिस्टम, टचस्क्रिन डिस्प्ले, हिल होल्ड असिस्ट, मल्टिफङ्सनल स्टेरिङ ह्विलको सुविधा दिइएको छ ।

काठमाडौंस्थित नक्सालको भाटभटेनी नजिकै शोरुम तथा सर्भिस सेन्टर निर्माण गरिरहेको कम्पनीले टेस्ट ड्राइभ तथा बुकिङ छिट्टै सुरु हुने जानकारी दिएको छ । साथै कम्पनीले मोटर र ब्याट्री दुवैमा आठ वर्ष वा एक लाख ५० हजार किलोमिटर वारेन्टी दिने भएको छ ।

Related posts

Leave a Comment