Entertainment 

संघर्षका दिनमा एउटै कोठामा ८ जनासँग बस्थे बच्चन

२० भदाै, काठमाडौँ । अमिताभ बच्चन बलिउडका मेगास्टार हुन् । कामबाट अवकाश लिएर जुन उमेरमा मानिसहरू घरमा आराम गरेर बस्छन्, त्यो उमेरमा उनले मानिसहरूलाई धेरै मनोरञ्जन दिइरहेका छन् ।

उनी ८१ वर्ष पुगिसकेका छन् । हाल उनको ‘कौन बनेगा करोडपति’को सिजन १६ मा चलिरहेको छ । शोको हट सिटमा बसेका प्रतियोगीहरूसँग उनी प्रायः रोचक कुरा गर्छन् । कहिलेकाहीँ उनी आफ्नै पुराना संघर्षको दिनलाई पनि सम्झिन्छन् । पछिल्लो एपिसोडमा उनले आफ्नो संघर्षका दिनहरूलाई सम्झिएका थिए ।

पछिल्लो एपिसोडमा महाराष्ट्रका कृष्णा सेलुकर अमिताभ बच्चनसँग हटसिटमा देखिएका थिए । उनको संघर्षको कथा सुनेर अभिनेताले आफूलाई रोक्न सकेनन् । संघर्षका दिनमा आफू ८ जनासँग एउटै कोठामा बस्ने गरेको उनले बताए ।

पछिल्लो एपिसोडमा अमिताभ बच्चनले प्रतियोगी कृष्णलाई उनी के गर्छन् भनेर सोधेका थिए । यसको जवाफमा कृष्णले आफू महाराष्ट्र लोक सेवा आयोग ९एमपीएससी० लागि तयारी गरिरहेको बताए ।

यस क्रममा उनले आफू पुणेमा ८ जनासँग एउटै कोठा बसिरहेको भने । यो सुनेर अभिनेतालाई अचम्म लागेन । उनको कुरा सुनेपछि अमिताभले आफ्ना पुराना दिनहरू सम्झिए । संघर्षको दिनमा उनले पनि ८ जनासँग एउटै कोठा शेयर गरेर बसेको बताए । रमाइलो कुरा चाँहि के थियो भने कोठामा दुईवटा मात्रै पलङ थियो ।

जसले गर्दा केहीले भुईँमै सुत्नुपर्थ्यो । यसमा पनि आफूहरू खुसी नै रहेको उनले बताए । को भुईँमा सुत्ने र को पलङमा सुत्ने भनेर झगडा चाँहि पर्ने गरेको भएपनि ती दिनको छुट्टै मजा भएको अमिताभले बताए ।एजेन्सी

Related posts

Leave a Comment