Main Headlines Technology 

हट्यो प्रतिबन्ध, चल्न थाल्यो टिकटक

२१ भदौ, काठमाडौं । सरकारले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै मन्त्रिपरिषदको निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको छ । शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका थिए । उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेर सबै सर्ब शर्त मान्न तयार रहेको बताएका थिए । टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका तीन जना प्रतिनिधिले सरकारले राखेका शर्तहरु पूरा गर्ने प्रतिवद्धता पत्र दिएपछि मन्त्रालयले प्राधिकरणलाई मन्त्रिपरिषदको निर्णय जानकारी गराउँदै…

Read More
Banking 

बैंकका कर्मचारीलाई साढे ९ अर्ब बोनस

२१ भाद्र, काठमाडाैँ । गत वर्षको कमाईबाट २० वाणिज्य बैंकहरुले कर्मचारी बोनसका लागि साढे ९ अर्ब रुपैयाँभन्दा बढी छुट्याएका छन् । प्रत्येक बैंक तथा वित्तीय संस्थाले बोनस ऐनले तोकेअनुसार कुल नाफा (कर तिर्नुअघि)को बाट १० प्रतिशत कर्मचारीलाई बोनस वापत छुट्याउने गरेका छन् । यसरी छुट्याइएको रमकबाट बैंकहरुले कर्मचारीलाई बोनस वितरण गर्दै आएका छन् । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले कर्मचारी बोनसका लागि ९ अर्ब ६७ करोड १२ लाख रुपैयाँ छुट्याएका हुन् । एक वर्षको अवधिमा वाणिज्य बैंकहरुको बोनस दर २.२१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकहरुले बोनस वितरणका…

Read More
Business Corporate Main Headlines 

आजदेखि आन्तरिक उडानको भाडा घट्यो, कुन रुटमा कति घट्यो ?

२१ भाद्र, काठमाडाैँ । वायु सेवा कम्पनीहरूले आन्तरिकतर्फ हवाई जहाजको भाडा घटाएका छन् । नेपाल आयल निगमले आन्तरिक उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर पाँच रूपैयाँले घटाएपछि जहाज कम्पनीले पनि भाडा घटाएका हुन् । सहरी क्षेत्रका विमानस्थलमा न्यूनतम ४५ रूपैयाँदेखि अधिकतम दुई सय ६५ रूपैयाँसम्मले भाडा घटेको छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधार बनाएर भाडा निर्धारण हुन्छ । सबैभन्दा धेरै भाडा काठमाडौं–नेपालगन्ज उडानमा घटेको छ । यो रुटमा २६५ रूपैयाँले भाडा घटेको हो । त्यसैगरी सबैभन्दा कम काठमाडौं–सिमरा उडानमा ४५ रूपैयाँ घटेको छ । काठमाडौं–भद्रपुर रुटमा १५० रूपैयाँ, काठमाडौं– विराटनगर…

Read More