Business Corporate Main Headlines 

आजदेखि आन्तरिक उडानको भाडा घट्यो, कुन रुटमा कति घट्यो ?

२१ भाद्र, काठमाडाैँ । वायु सेवा कम्पनीहरूले आन्तरिकतर्फ हवाई जहाजको भाडा घटाएका छन् ।

नेपाल आयल निगमले आन्तरिक उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर पाँच रूपैयाँले घटाएपछि जहाज कम्पनीले पनि भाडा घटाएका हुन् । सहरी क्षेत्रका विमानस्थलमा न्यूनतम ४५ रूपैयाँदेखि अधिकतम दुई सय ६५ रूपैयाँसम्मले भाडा घटेको छ ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आधार बनाएर भाडा निर्धारण हुन्छ । सबैभन्दा धेरै भाडा काठमाडौं–नेपालगन्ज उडानमा घटेको छ । यो रुटमा २६५ रूपैयाँले भाडा घटेको हो ।

त्यसैगरी सबैभन्दा कम काठमाडौं–सिमरा उडानमा ४५ रूपैयाँ घटेको छ ।

काठमाडौं–भद्रपुर रुटमा १५० रूपैयाँ, काठमाडौं– विराटनगर १२० रूपैयाँ, काठमाडौं–जनकपुर उडानमा ६५ रूपैयाँ, काठमाडौं–भरतपुर रुटमा ५० रूपैयाँ, काठमाडौं– पोखरा रुटमा ८० रूपैयाँ र काठमाडौं–भैरहवा उडानमा १०५ रूपैयाँ भाडा घटेको छ । यो सम्बन्धित गन्तव्यबाट फर्किंदा पनि भाउ सोही दरमै घटेको छ ।

त्यसैगरी, काठमाडौं–नेपालगन्ज रुटमा १६५, धनगढी उडानमा २२०, तुम्लिङटारमा ९०, सिमरामा ४५, सुर्खेतमा १७५ र राजविराज रुटमा १०० रूपैयाँले भाडा घटेको छ ।

घटेको हवाई भाडादर आजदेखि नै लागु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य न्यूनतम पाँच रूपैयाँ घटाउँदा वा बढाउँदा वायुसेवा कम्पनीहरूले हवाई भाडा समायोजन गर्ने गरेका छन् ।

Related posts

Leave a Comment