International 

अमेरिकामा अगष्ट महिनामा एक लाख ४२ हजार रोजगारी थपियो, बेरोजगारी दर ४.२ प्रतिशत

२२ भाद्र, वासिङ्टन । अमेरिकामा रोजगारीका अवसर वृद्धि र भर्नाले अगस्टमा गति लिएको सरकारी तथ्याङ्कले देखाएको छ । रोजगारीका अवसर वृद्धि र भर्नामा देखिएको वृद्धिसँगै बेरोजगार दर घटेको तथ्याङ्कले देखाएको छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रले गत महिना एक लाख ४२ हजार रोजगारी सिर्जना गरेको थियो तर जुलाईमा यो सङ्ख्या ८९ हजारमा सीमित थियो । श्रम विभागका अनुसार बेरोजगारी दरमा सामान्य अर्थात् ०.१ प्रतिशतले कमि आइ ४.२ प्रतिशत कायम भएको छ ।

Read More
Business Main Headlines 

सौर्य एअरलाइन्स दुर्घटना: प्रतिवेदनले के देखायो?

२२ भदाै, काठमाडौं । सौर्य एअरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले हवाई दुर्घटना रोक्न तत्काल ३ वटा काम गर्न सुझाव दिएको छ। सौर्य एयरलाइन्स दुर्घटनापछि गठित रतिसचन्द्रलाल सुमन अध्यक्ष रहेको जाँचबुझ आयोगले आन्तरिक उडान सुरक्षाका लागि ३ सुझाव दिएको हो। प्रारम्भिक रिपोर्टले सबै वायुसेवा कम्पनीहरुलाई तत्काल स्पिडकार्डको विषयमा समीक्षा गर्न सुझाएको छ। दोस्रोमा, वायुसेवा कम्पनीहरूले कार्गो ब्यागेज हेन्डलिङको मापदण्ड अनिवार्य गर्न सुझाएको छ। ब्यागेज र कार्गोको तौल गर्नुपर्ने, समान राख्दा जहाजको सन्तुलन मिल्ने गरी राख्नुपर्नेछ। तेस्रोमा, नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान प्रक्रियालाई समीक्षा गर्न सुझाव दिएको छ। कम्पनीहरूको नन सेडुअल फ्लाइट…

Read More
Agriculture Business Lifestyle Main Headlines Travels & Tourism 

मुस्ताङमा वन्यजन्तुसँगै रमाउन थाले पर्यटक

२२ भाद्र, म्याग्दी । मुस्ताङ भन्ने बित्तिकै धेरैले मुक्तिनाथ मन्दिर, कागबेनी, दामोदरकुण्ड, लोमान्थाङ, जोमसोम, लेते, मार्फालगायत स्थान, तालतलैया, हिमाल, मौलिक कला, संस्कृति र अनि पृथक भूगोलको दृश्यको कल्पना गर्दछन् ।  प्रकृति, संस्कृति, उजाड भूगोल र हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल, ऐतिहासिक दरबार, गुम्बा, नदी, तालतलैया, हिमाली जीवनशैली, तालतलैया र गुफा रहेको मुस्ताङमा पछिल्लो समय दुर्लभ वन्यजन्तुहरू सहजै देखिन थालेपछी अर्को आकर्षण थपिएको छ ।  लोमान्थाङ गाउँपालिका–५ लोमान्थाङका वडा सदस्यसमेत रहनुभएका पर्यटन व्यवसायी छेवाङ रिनजिन गुुरुङले जोमसोम–कोरला सडक आसपासकै क्षेत्रमा दुर्लभ वन्यजन्तु देखिन थालेका बताए । लोमान्थाङ–जोमसोम सडकमा यात्रा गर्न क्रममा…

Read More
Banking Business Main Headlines 

अस्ट्रेलियन डलर र मलेसियन रिङ्गेटको मूल्य बढ्यो

अमेरिकी डलर, युरो, पाउन्ड र दिनार सस्तिए २२ भाद्र, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। आज अस्ट्रेलियन डलर, मलेसियन रिङ्गेटसहित केही विदेशी मुद्राको मूल्य बढ्दा अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहितका धेरै मुद्रा सस्तिएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६२ पैसा छ। हिजो अहिलेसम्मकै सर्वाधिक महँगो भएको अमेरिकी डलरको मूल्य आज घटेको हो। हिजो अमेरिकी डलर एकको खरिददर एक…

Read More