Banking 

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १ खर्ब तरलता खिच्दै

२३ भदौ, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आइतबार १ खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।

निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १ खर्ब रुपैयाँ तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

२ भदौमा निक्षेप संकलन उपकरण मार्फत १ खर्ब खिचेकोमा आइतबार उक्त उपकरण परिपक्व हुँदैछ । उक्त उपकरणको सावाँ ब्याज भुक्तानी हुने दिन नै पुन २१ दिनका लागि १ खर्बको निक्षेप संकलन उपकरण बोलकबोल हुने भएको हो । यसअघि १२ भदौ र १९ भदौमा ४०/४० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल भएको थियो थियो । जसमध्ये १२ भदौमा २२ अर्ब २० करोड र १९ भदौमा ३७ अर्ब ८० करोड निष्कासन गरेको थियो । २१ दिन अवधिको दुवै उपकरण परिपक्व हुन बाँकी छ ।

चालु आर्थिक वर्ष लागेपछि नेपाल राष्ट्र बैंकले २ अर्ब ४६ अर्ब ४० करोड रुपैयाँ तरलता निक्षेप संकलन उपकरण मार्फत प्रशोचन गरीसकेको छ । जसनभ्ये १ खर्ब ५८ अर्ब ६० करोड बक्यौता छ । १ खर्ब आज परिपक्व हुन लागेकोमा १ खर्ब खिच्ने भएको हो ।

यसबाहेक स्थायी निक्षेप सुविधा अन्तर्गत ५६ खर्ब ७५ अर्ब १० करोड तललता खिचेको छ । जसमध्ये १ खर्ब २० अर्ब १५ करोड बक्यौता छ । चालु आवमा २१ खर्ब २१ अर्ब ५० करोड तरलता खिचेकोमा २ अर्ब ७८ अर्ब ७५ करोड बक्यौता रहेको केन्द्रीय बैंकले जनाएको छ ।

Related posts

Leave a Comment