Banking Business 

साइमेक्स इंकद्वारा साइमेक्स बिवाइडी च्यारिटी फाउन्डेसन स्थापनाको घोषणा

२३ भदाै, काठमाडाैं । नेपालका लागि बिवाइडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले न्यु इनर्जी भेइकल (एनइभी) को ग्लोबल लिडर बिवाइडीसँगको सहकार्यमा साइमेक्स बिवाइडी च्यारिटी फाउन्डेसन स्थापनाको घोषणा गरेको छ ।

सो फाउन्डेसनले साइमेक्सद्वारा समाजलाई दिने प्रतिबद्धता व्यक्त गरेको अर्थपूर्ण र समुदाय केन्द्रित पहलको नयाँ अध्यायको प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार फाउन्डेसनमा साइमेक्स इंकले १ करोड रुपैयाँ योगदान गर्नेछ भने प्रत्येक बिवाइडी गाडी बिक्री बापत १० हजार रुपैयाँ फाउन्डेसनमा जम्मा गरिने छ ।

यससम्बन्धी घोषणा समारोहमा बिवाइडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका जनरल म्यानेजर लिउ स्वेलियाङले ग्राहकले किन्ने प्रत्येक बिवाइडी गाडीबापत १० हजार रुपैयाँ साइमेक्स बिवाइडी फाउन्डेसनलाई उपलब्ध गराउने घोषणा गरे ।

यसका साथै साइमेक्स इंक प्रालिका अध्यक्ष अनिल श्रेष्ठले फाउन्डेसन शुभारम्भका लागि साइमेक्स इंकले १ करोड रुपैयाँ योगदान गर्ने घोषणा गरे । उनका अनुसार शिक्षा, स्वास्थ्य सेवा र दिगो विकास जस्ता समाजमा भएका सबैभन्दा ठुला चुनौतीहरूलाई सम्बोधन गर्ने कार्यमा फाउन्डेसन केन्द्रित हुनेछ । यसरी जम्मा गरिएको सहयोग रकम र अन्य सामूहिक प्रयासलाई नेपाली जनताको जीवनस्तर सुधार गर्न र राष्ट्रको प्रगतिमा योगदान पुर्याउन समर्पित गरिने उनले जानकारी दिए ।

बिवाइडी नेपालका प्रतिष्ठित ब्रान्ड एम्बेसडर हरिवंश आचार्यले साइमेक्स इंक र बिवाइडीले यसरी समुदायमा वास्तविक फरकपनको अनुभव गराउन गरेको अर्थपूर्ण पहलका लागि बधाई ज्ञापन गरे ।

लिउ स्वेलियाङले भने ‘साइमेक्स बिवाइडी च्यारिटी फाउन्डेसन एउटा सामान्य पहल मात्र होइन, यो सबैको सुन्दर भविष्यका लागि हाम्रो प्रतिबद्धता समेत हो । हामी व्यवसाय भन्दा पर रहेर समाजमा योगदान दिने कुरामा विश्वास गर्दछौ र यसका लागि स्थायी र सकारात्मक प्रभाव सिर्जना गर्न प्रतिबद्ध छौँ ।’

Related posts

Leave a Comment