Automobiles 

सिट्रोन सी३ र ईसी३ मा आयो फेस्टिभ अफर

२४ भदौ, काठमाडौं । काठमाडौं सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले सिट्रोन सी३ र ईसी३ मा फेस्टिभ अफर ल्याएको छ । चाडपर्बको सिजन नजिकिँदै गर्दा सिट्रोनले आफ्ना ग्राहकलाई अझ सन्तोषजनक र आरामदायी अनुभव प्रदान गर्न नयाँ स्किम ल्याएको हो ।

पेट्रल कार सी३ खरिद गर्ने ग्राहककले चार वर्षका लागि निशूल्क पेट्रोल, ४ वर्षकै लागि निःशूल्क मर्मत सम्भार, १ वर्षका लाग निशूल्क विमा र १ वर्षका लागि निशूल्क सडक करको सुबिधा पाउनेछन् । यो कार खरिदमा ग्राहकले ७ लाख ४० हजार डाउनपमेन्ट गरे पुग्छ ।

यसैगरी, विद्युतिय कार ईसी३ साइनको खरिदमा विशेष नगद छुट, निशूल्क बिमा र १ वर्षका लागि निशूल्क सडक कर लगायत सुबधा दिइएको छ । कम्पनीले यसलाई प्रि बजोट मूल्य ३५ लाख ९९ हजारमा बिक्री गर्ने जनाएको छ ।

Related posts

Leave a Comment