Banking 

राष्ट्रिय वाणिज्य बैंक द्वारा कोशी प्रदेश सभाका सांसदहरुलाई वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना

२५ भदाै, काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आयोजनामा कोशी प्रदेश सभाका माननीय सदस्यहरुका लागि वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम मंगलबार सञ्चालन भएको छ । कोशी प्रदेश सभाकोे सहकार्य एवं विफक्याब संस्थाको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षत्रीले माननीय प्रदेश सभाका सदस्यहरुलाई वित्तीय साक्षरताको बारेमा स्रोत व्यक्तिको रुपमा सहजीकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा कोशी प्रदेश सभाका मननीय सभामुख अम्बर बहादुर बिष्टले यस्तो कार्यक्रमको आवश्यकता बढेको बताउँदै व्यवसायीहरु ब्याजदरको कारणले पलायन हुन…

Read More
Banking Business 

ब्लु क्रस हस्पिटल र प्रभु बैंक बीच विशेष छुट सम्झौता

२५ भदाै, काठमाडाैं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई त्रिपुरेश्वर स्थित ब्लु क्रस हस्पिटल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बिच ब्लु क्रस हस्पिटल प्रा।लि। का तर्फबाट रजत श्रेष्ठ र प्रभु बैंक लि।का तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्र बाबु बिष्टले समझदारी ज्ञापनपत्र मा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले ब्लु क्रस हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवा, ओपिडि टिकट, रेडियोलोजी,…

Read More
Banking Business 

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

२५ भदाै, काठमाडाैं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड र अन्तरष्ट्रिय सहयोग संस्था रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ बीच सहमति भएको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इन्स्योरेन्सले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेको हो। अन्तरष्ट्रिय सहयोग संस्था रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ को सहकार्यमा देशका विभिन्न भागमा संचालन हुने “आधारभूत शिक्षा तथा साक्षरता” कार्यक्रम मार्फत पिछडिएका बर्गको साक्षरता अभिबृद्धि गर्ने उद्देश्यले सहयोग गर्न दुई संस्थाबीच आईतबार सहमति पत्रमा हस्ताक्षर गरिएको हो । उक्त सहमतिपत्रमा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सक संचालका समितिका अध्यक्ष रतन लाल केडिया र रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ का अध्यक्ष…

Read More
Banking Business Main Headlines 

असोज १३ देखि दशैं लक्षित सुकिला नोट साटिने

२५ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज १३ गतेदेखि दशैं लक्षित नोट सटही सुविधा खुला गर्ने भएको छ। यस पटकको दशैंमा सर्वसाधारणका लागि सुकिला नोट मात्रै दिने गरी राष्ट्र बैंकले सटही सुविधा खुलाउन लागेको हो। राष्ट्र बैंकले अघिल्ला वर्षमा चाडपर्वलक्षित नयाँ नोट दिँदै आएकोमा यस पटक सुकिला नोट मात्रै दिन लागेको छ। चाडपर्वलक्षित नोट सटही खुला गर्ने तयारी भइसकेको राष्ट्र बैंकले जनाएको छ । यस पटक दशैंलक्षित नोट सटही सुविधा असोज १३ देखि २२ गतेसम्मलाई खुलाउने मिति तय भएको छ । राष्ट्र बैंकले यसअघि दशैंमा साना तथा ठूला दरका…

Read More
International 

अस्ट्रेलियाले सामाजिक सञ्जाल प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउँने

२५ भदाै, एजेन्सी । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बालबालिकालाई सुरक्षित राख्नका लागि सामाजिक सञ्जालको प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउने बताएका छन्। आमाबाबुको बालबालिकाप्रतिको चिन्तालाई समर्थन गर्ने र बच्चालाई सुरक्षित राख्ने उदेश्यले यस्तो कानुन बनाउन खोजिएको प्रधानमन्त्री अल्बानिजले भने। सामाजिक सञ्जाल एक्सको एक पोस्टमा उनले भने “हामी बालबालिकाको सुरक्षालाई मध्यनजर गर्दै सामाजिक सञ्जालको प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउने छौं।” उनले भने “अधिकांश आमाबाबुले मलाई सामाजिक सञ्जाल प्रयोग गर्न आफ्ना बच्चाहरूको उमेर कति हुनुपर्छ भन्ने प्रश्न गर्दछन्। हामी संसदमा सामाजिक सञ्जाल र अन्य डिजिटल प्लेटफर्महरूका लागि…

Read More
Business Gold & Silver 

सुनको भाउमा सामान्य वृद्धि

२५ भदाै, काठमाडाैं । सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । सोमबार १०० रुपैयाँले बढेको सुनको भाउ मंगलबार २०० रुपैयाँले बढेको हो । मंगलबार सुन १ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी १ हजार ७६५ मा कारोबार भइरहेको छ । सोमबार चाँदी तोलाको ४५ रुपैयाँले घटेर १ हजार ७५५ मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय…

Read More
Corporate Main Headlines 

बुद्ध एयरको एउटा जहाज व्यावसायिक उडानबाट बिदा

२५ भदौ, काठमाडौं । बुद्ध एयरले आफ्नो एटिआर ४२ (नाइन एन एआईएन)जहाज उडाउन बन्द गरेको छ । सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटबाट व्यवसायिक उडान सुरु गरेको उक्त जहाजले मङ्गलबार बिहान अन्तिम माउन्टेन फ्लाइट गरेको छ । १६ वर्षको सेवापछि सो जहाज उडाउन बन्द गरेर ह्याङ्गरमा राखिएको छ । उक्त जहाजलाई बुद्ध एयरका कर्मचारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाटर स्यालुटसहित बिदाइ गरे । यो एटिआर कम्पनीले उत्पादन गरेको जहाजमध्ये ७० हजार साइकल पूरा गरी बिदा हुने पहिलो जहाज बनेको छ । ७० हजार साइकल पूरा गरेपछि व्यवसायिक उडान गर्न नपाइने एटिआरको…

Read More
Agriculture 

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

२५ भदौ, काठमाडौँ । काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । मंगलबार रातो आलुको औसत मूल्य प्रतिकेजी ७०रुपैयाँ रहेको छ । प्याज सुकेको १२४ रुपैयाँ, लोकल गाजर ११० रुपैयाँ, सेतो मूला हाइब्रीड २७ रुपैयाँ ६७ पैसा प्रति केजी रहेको छ । स्थानीय काउली ११० रुपैयाँ, बन्दा लोकल ५५ रुपैयाँ, लौका ५५ रुपैयाँ, भिण्डी ३५ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा भारतीय ६५ रुपैयाँ प्रति केजी तोकिएको छ । फलफूल तथा तरकारी ईकाइ न्यूनतम अधिकतम औसत गोलभेडा ठूलो(भारतीय) केजी रू ६०.०० रू…

Read More
Agriculture Main Headlines 

दसैँमा उपत्यकाका लागि तेइस हजार खसीबोका

२५ भदौ, काठमाडौँ । यसपालिको दसैँमा काठमाडौँ उपत्यकामा २३ हजार सङ्ख्यामा खसीबोका तथा च्याङ्ग्रा खपत हुने अनुमान गर्दै सरकारी निकाय र निजी व्यवसायीले खसीबोका र च्याङ्ग्रा उपत्यकामा ल्याउने तयारी गरेका छन् । दसैँ आउन तीन साता बाँकी रहँदा व्यवसायीले खसीबोका खरिद गर्ने तयारी गरेका हुन् । घटस्थापनाको दिनदेखि उपत्यकामा ठुलो सङ्ख्यामा खसीबोका भित्रिने गर्छन् । व्यवसायीले गाउँ गाउँमा गएर खरिद गरेर उपत्यकामा ल्याएर बिक्री गर्ने गर्छन् । काठमाडौँ चौपाया खरिद बिक्री व्यवसायी सङ्घका व्यवस्थापक जीवनराज खड्काले यसपालिको दसैँमा २२ देखि २३ हजार सङ्ख्यामा खसीबोका खपत हुने अनुमान गरिएको जानकारी दिनुभयो । आर्थिक शिथिलताका कारण उपभोक्ताको…

Read More