Business Gold & Silver 

सुनको भाउमा सामान्य वृद्धि

२५ भदाै, काठमाडाैं । सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । सोमबार १०० रुपैयाँले बढेको सुनको भाउ मंगलबार २०० रुपैयाँले बढेको हो ।

मंगलबार सुन १ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी १ हजार ७६५ मा कारोबार भइरहेको छ । सोमबार चाँदी तोलाको ४५ रुपैयाँले घटेर १ हजार ७५५ मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ५०१ दशमलव ७८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ दशमलव २६ डलरमा कारोबार भइरहेको छ ।

Related posts

Leave a Comment