Banking Business 

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

२५ भदाै, काठमाडाैं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड र अन्तरष्ट्रिय सहयोग संस्था रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ बीच सहमति भएको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इन्स्योरेन्सले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेको हो।

अन्तरष्ट्रिय सहयोग संस्था रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ को सहकार्यमा देशका विभिन्न भागमा संचालन हुने “आधारभूत शिक्षा तथा साक्षरता” कार्यक्रम मार्फत पिछडिएका बर्गको साक्षरता अभिबृद्धि गर्ने उद्देश्यले सहयोग गर्न दुई संस्थाबीच आईतबार सहमति पत्रमा हस्ताक्षर गरिएको हो ।

उक्त सहमतिपत्रमा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सक संचालका समितिका अध्यक्ष रतन लाल केडिया र रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ का अध्यक्ष राजेन्द्र मान शेरचनले हस्ताक्षर गरेका थिए। सो कार्यक्रममा बीमा कम्पनीको तर्फबाट संचालक भरतकुमार तोदी, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ का अन्य पधाधिकारीको उपस्थिती रहेको थियो।

सहमति अनुसार सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले उक्त संस्थालाई ५ लाख रूपैयाँ रकम प्रदान गर्नेछ । उक्त रकम मध्ये साढे २ लाख रूपैयाँ शौचालय निर्माणको लागि र बाँकि रकम संस्थाको बिभिन्न रोटरी क्लबहरु मार्फत देशका सामुदायिक तथा सार्बजनिक स्कूलहरुमा संचालन हुने त्भ्ब्ऋज् कार्यक्रम अन्तर्गत युवा साक्षरता प्रयोजनका लागि उपयोग गरिनेछ ।

सो कार्यक्रममा बोल्दै अध्यक्ष केडियाले सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी समाजमै रहेर गरिने व्यवसायमा सफल हुन समाजलाई नै सफल बनाउनुपर्छ भन्ने मान्यतामा अघि बढेको र संस्थागत नागरिकको भूमिकामा सामाजिक विकाशको विभिन्न क्षेत्रमा योगदान दिन सदैव तत्पर रहेको बताए । यसका साथै “आधारभूत शिक्षा तथा साक्षरता” कार्यक्रम मार्फत आधारभूत शिक्षा पनि नपाएका बर्गले शिक्षाको उज्यालो घाम देख्न पाउने विश्वास व्यक्त गरे ।

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको १७० शाखा तथा उपशाखाहरु, ५० हजारभन्दा बढी अभिकर्ताहरु तथा १८ वटा योजनाहरु मार्फत जीवन बीमा सेवा संचालनमा रहेका छन् । हालसम्म ९ लाख पचास हजार भन्दा बढी व्यक्तिले कम्पनीबाट जीवन बीमा सेवा प्राप्त गरेका छन् ।

Related posts

Leave a Comment