Main Headlines Share Market 

कारोबार बढाउन दिएको असिमित कोल्याट्रलको नकारात्मक प्रभाव शेयर बजारमा, उधारो सल्टाउन खोज्दा उल्टै घट्यो

२६ भदाै, काठमाडाैं । ब्रोकरले कमिशनको चक्करमा लगानीकर्तालाई असिमित कोल्याट्रल दिदा अनियन्त्रित हिसावले बढेको बजारमा अहिले उल्टो प्रभाव परेको छ । एक महिना अगाडीसम्म दैनिक २५ देखि ३० अर्बको कारोबार हुने दोस्रो बजारमा अहिले मुस्किलले ५/६ अर्ब मात्रै कारोबार हुन थालेको छ ।   ब्रोकर सँगको उधारो कारोबार सल्टाउन खोज्दा बजारमा राम्रै सेलिङ प्रेसर आयो । जतिवेला शेयर बजार आक्रामक रुपमा बढिरहेको थियो त्यतिवेला दिपेन्द्र अग्रवालको कुरा सुन्नेहरु, क्लब हाउसमा तथा सामाजिक सञ्जालमा यो कम्पनी बढ्छ है भनेको सुनेको भरमा खरिद गर्ने परिपाटी थियो । किन्यो कि बढिहाल्ने अवस्थामा ब्रोकरले पनि…

Read More
Main Headlines 

बन्दीपुर केबलकार पर्यटन प्रबद्र्धनका लागि उपयुक्त

२६ भदाै, काठमाडाैं । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार सञ्चालनमा आएपछि चलपहल बढेको छ । गत जेठ ३१ गतेदेखि केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएपछि केबलकार चढ्न चहलपहल बढेको हो । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बन्दीपुर र समग्र तनहुँ जिल्लाकै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित केबलकार सञ्चालनमा ल्याइएको बताए । “यहाँ पहिलो चरणमा केबलकार, जीपलाइन र साइक्लिङि सञ्चालनमा आएको छ । सबै सेवा प्रयोगमा हाल ६० प्रतिशत छुट दिइएको छ”, उनले भने,“करिब तीन महिनामा आन्तरिक पर्यटकको चहलपहलले उत्साहित बनाएको छ ।” बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा केबलकार बन्दीपुरको…

Read More
Share Market 

नेप्सेको ओरालो गति रोकिएन, आज २२.७३ अंकले घट्यो

२६ भदौ, काठमाडौँ । पछिल्ला केही दिनदेखि सेयर बजार परिसूचक (नेप्से) लगातार ओरालो लागिरहेको छ । साउन ३१ गते ३००० बिन्दुमा पुगेको बजार त्यसपछि ओरालो गतिमा छ । आज (बुधबार) परिसूचक २६१० बिन्दुमा पुगेर कारोबार रोकिएको छ । बुधबार २२.७३ अंकले परिसूचक घटेको छ । परिसूचक मात्रै होइन, यो अवधिमा कारोबार रकममा पनि भारी गिरावट आएको छ । ३००० बिन्दुमा पुगेको दिन २९ अर्ब ३० करोड ५२ लाखको कारोबार भएको थियो । त्यसपछिका दिनमा लगातार घट्दै बुधबार ६ अर्ब ८५ करोडको कारोबार भएको छ । विश्लेषकहरू यो ट्रेन्डलाई सेयर बजारको…

Read More
Business Gold & Silver 

सुनको भाउमा नयाँ रेकर्ड, बुधबार सुन किन्नेले हालसम्मकै धेरै रकम खर्चिनुपर्ने

२६ भदाै, काठमाडाैं । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार प्रतितोला २०० रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक हजार रुपैयाँले बढेको हो । आज प्रतितोला एक हजार रुपैयाँले बढेसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो । बुधबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ५३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । भदौ २१ गते सुनको भाउ १ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदी १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार १ हजार ७६५ मा…

Read More
Banking Fraud 

बैंकिङ कसुर विधेयकः संशोधनसहित अर्थ समितिबाट पारित, के–के समेटिए ?

२६ भदौ, काठमाडौँ । ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ अर्थ समितिबाट संशोधनसहित पारित भएको छ । समितिको सोमबारको बैठकले उक्त विधेयकमाथि परेका संशोधन प्रस्ताव र दफावार छलफलका क्रममा उठेका विषयहरु संशोधनसहित पारित गरिएको समितिका सभापति सन्तोष चालिसेले बताए । अर्थ समितिको आजको बैठकले चेक अनादर (चेक बाउन्स)सम्बन्धी मुद्दामा रु १० करोडभन्दा माथिको बिगो भएमा दुई वर्षदेखि चार वर्षसम्म कैद सजाय हुने व्यवस्था राख्ने सहमति जुटाएको सभापति चालिसेले बताए । समितिको आइतबार बसेको बैठकले चेक बाउन्सका मुद्दामा रु १५ लाखसम्मको बिगो भए एक महिना…

Read More
Real Estate 

खुल्यो कित्ताकाट

२६ भदौ, काठमाडौँ । स्थानीय तहहरूबाट जग्गाको वर्गीकरण नहुँदा रोकिएको कित्ताकाट खुलेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले भूउपयोग (दोस्रो संशोधन) नियमावली २०८१ स्वीकृत गरेसँगै चार वर्षदेखि रोकिएको जग्गाको कित्ता कत्ताकाटको समस्या अब समाधान हुने भएको हो । स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा कतिपय सर्वसाधारण, मोही र तल्सिङको जग्गा छुट्याउन, जग्गा किनबेच गर्नबाट वञ्चित हुँदै आएका थिए । देशभरका ७५३ पालिकामध्ये १९३ ले मात्र जग्गा वर्गीकरण गरेका छन् । अन्य पालिकाले समयमै जग्गा वर्गीकरण गर्न नसक्दा कित्ताकाटको समस्या पटक पटक आउने गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण…

Read More