Business Gold & Silver 

सुनको भाउमा नयाँ रेकर्ड, बुधबार सुन किन्नेले हालसम्मकै धेरै रकम खर्चिनुपर्ने

२६ भदाै, काठमाडाैं । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार प्रतितोला २०० रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक हजार रुपैयाँले बढेको हो ।

आज प्रतितोला एक हजार रुपैयाँले बढेसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो ।

बुधबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ५३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । भदौ २१ गते सुनको भाउ १ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदी १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार १ हजार ७६५ मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार ५१९ दशमलव ५७ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ दशमलव ४६ डलरमा कारोबार भइरहेको छ ।

Related posts

Leave a Comment