Banking Society 

मोरबको कञ्चनबारीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा विस्तार

२८ भदाै, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले मोरबको कञ्चनबारीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले मोरब जिल्ला विराटनगर महानगरपालिका वडा नं. ०४ मा बिहीबारदेखि कञ्चनबारी शाखा संचालनमा ल्याएको हो । यो शाखा सहित बैंकको शाखा संख्या २७३ पुगेको छ । नयाँ शाखाबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिब सेवाहरु सुरु भएको छ । बैंकका कोशी प्रदेश प्रमुख श्री यशपाल कुमार तिब्रेवाल ज्यूले नयाँ शाखाको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा प्रदेश प्रमुखले नयाँ शाखाबाट ग्राहकमहानुभावहरुलाई उत्कृष्ट बैंकिब सेवा तथा सुविधाहरु दिनेबताउनु भयो । हाल बैंकको २७३ शाखा कार्यालय, ६५ वटा…

Read More
Business Main Headlines Society 

आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाउनुपर्छ : अर्थमन्त्री पौडेल

२८ भदौ काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकास र समृद्धिको लक्ष्य हासिल गर्नका लागि आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाउने बताउनुभएको छ। आन्तरिक राजस्व विभागको निरीक्षणपछि आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आन्तरिक स्रोत परिचालन थप प्रभावकारी बनाउन कर प्रणालीलाई थप आधुनिकीकरण गर्ने, करदाताको कर सहभागिता लागत घटाउने, प्रविधिमैत्री जनशक्ति विकासलाई प्राथमिकता दिने बताउनुभयो। उहाँले करको दायरा विस्तार गर्ने, करदातामैत्री वातावरण सिर्जना गर्ने, करदाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, स्वेच्छिक कर सहभागिता अभिवृद्धि गर्ने, कर छली र चुहावट रोकिने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो। अर्थमन्त्री पौडेलले कार्य प्रकृया सरलीकरण…

Read More
Corporate Main Headlines 

नेपालमा ऊर्जा पूर्वाधारको विकासका लागि सरकारले नीतिगत परिवर्तन गर्नु आवश्यक छ : इप्पान अध्यक्ष कार्की

२८ भदाै, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा पुँजी लगानी गर्नेदेखि आवश्यक मेसिनरी वस्तु उत्पादन गर्नेसम्मलाई अवसर नै अवसर रहेको बताएका छन्। काठमाडौंमा जारी नेपाल पूर्वाधार सम्मेलनको दोस्रो दिन ऊर्जा र जलस्रोत विषयको छलफलमा बोल्दै अध्यक्ष कार्कीले २८ हजार ५०० मेगावाट उत्पादन गर्दा ४६ खर्ब रूपैयाँ लगानी चाहिने र यसै अनुसार यससँग जोडिने अन्य व्यापार व्यावसायका लागि पनि धेरै ठूलो अवसर आउने बताएका हुन्। ‍’२८ हजार मेगावाट उत्पादनको लागि ४६ खर्ब रूपैयाँ लगानी आवश्यक छ। यसमा बैंक, इन्स्योरेन्स र रिइन्स्योरेन्सका लागि धेरै…

Read More
Automobiles 

केई गाडीको ‘टेस्ट ड्राइभ’ कार्यक्रम भोलि र पर्सि

२८ भदाै, काठमाडौं । नेपालकका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले ‘एक्सपेरियन्स केई’ टेस्ट ड्राइभ कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीका अनुसार २९ भदौमा थापाथली शोरुममा र ३० भदौमा नक्सालस्थित भाटभाटेनी शोरुममा केईको इलेक्ट्रिक एसयूभी एक्स३ प्रो ईभी, इलेक्ट्रिक ह्याचब्याक ई-क्युट ०४ र ई-क्युट ०२ टेस्ट ड्राइभ गर्न सकिनेछ । प्रत्येक टेस्ट ड्राइभमा सहभागीलाई हात खाली नहुने गरी आकर्षक उपहारहरू राखिएको र सहभागीहरूमध्ये एक जना भाग्यशाली सहभागीले जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोस्चको मिक्सर ग्राइन्डर प्राप्त गर्ने कम्पनीले जनाएको छ । टेस्ट ड्राइभ कार्यक्रमबारे विस्तृत जानकारी लिन कम्पनीको कार्यालयमा…

Read More
Business Gold & Silver 

ईसीबीले व्याजदर घटाउँदा सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार रुपैयाँले बढ्यो, नयाँ रेकर्ड कायम

२८ भदाै, काठमाडाैं । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार प्रतितोला १०० रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला तीन हजार रुपैयाँले बढेको हो । आज प्रतितोला ३ हजार रुपैयाँले बढेसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो । शुक्रबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ५६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।यसअघि बुधबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ५३ हजार ४०० रुपैयाँ पुगेको थियो । उक्त रेकर्ड मूल्य आज तोडिएको हो । यूरोपेली केन्द्रीय बैङ्क (ईसीबी)ले ०.२५ प्रतिशतले घटाएर ३.५ दशमलवमा कायम गरेकोले मूल्य रेकर्ड…

Read More
Agriculture Business 

नेपाली तरकारी कतार निर्यात

२८ भदौ, काठमाडौँ । नेपाली किसानले उत्पादन गरेको तरकारी कतार निर्यात भएको छ । काठमाडौँ उपत्यकाका किसानले उत्पादन गरेको सो तरकारी बिहीबार कतार निर्यात भएको हो । चीनको सहयोगमा सञ्चालित ग्रामीण विकासका लागि (सिएफआरडी) कार्यक्रम अन्तर्गत किसानले सो तरकारी उत्पादन गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार एक कार्यक्रमको आयोजना गरी दक्षिणकाली नगरपालिकाका किसानले उत्पादन गरेको तरकारी कतार पठाएको हो । सिएफआरडीबाट सञ्चालित कार्यक्रमबाट उत्पादित तरकारी नेपालबाट मध्यपूर्व देशमा निर्यात भएको यो पहिलो हो र यसलाई निरन्तरता दिने जनाइएको छ । सिएफआरडी सहयोगमा २० जना किसानले दैनिक एक हजार पाँच सय केजी तरकारी उत्पादन गर्छन् ।…

Read More