Main Headlines 

कृषि विकास बैंकमा सञ्चालक हेरफेर, अर्थले पठायो मैनालीलाई

२९ भाद्र, काठमाडाैँ । कृषि विकास बैंकमा सञ्चालक हेरफेर भएको छ। अर्थ मन्त्रालयले यही २० गतेको मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव दीर्घराज मैनालीलाई सञ्चालक नियुक्त गरेको हो। सोअनुसार बैंक सञ्चालक समितिको २५ गते बसेको बैठकमा मैनालीले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार सञ्चालक समिति सदस्यको शपथ लिएका छन्। मैनालीलाई बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले सपथ ग्रहण गराएका थिए । उक्त अवसरमा कृषि विकास बैंक लि.का संचालक सदस्यहरु संजिव कुमार कर्ण, गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, विनोद कुमार गुरांगाई, रीता सुवेदी कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ,…

Read More
Agriculture 

तरकारीखेती गरेर छोराछोरीलाई डाक्टर र इन्जिनियर बनाउँदैछिन् उर्मिला

२९ भदाै, काठमाडौँ । मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गरेकी छन् कञ्चनपुरको बेदकोट नगरपालिका–७ मन्दिरपुरका उर्मिला डगौराले। तीन दशकअघि एक कट्ठा जग्गामा तरकारीखेती सुरु गरेकी उनले तरकारीखेतीबाटै घर जग्गा जोड्नुका साथै छोरा रविन र छोरी रविनालाई उच्च शिक्षा पढाएकी छन्। उनले छोरा रविनलाई भारतको चण्ढीगढमा सफ्टवेयर इन्जिनियर पढाएकी छन् भने छोरी रविना चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिरहेकी छन्। ‘हामीले तरकारीखेतीबाट आम्दानी गरेरै छोराछोरीको पढाइ खर्च जुटाएका छौँ,’ उर्मिलाले भनिन्, ‘तरकारीखेती गर्न थालेको २०५२ सालदेखि हो।’ २०५२ सालमा एक कट्ठा जग्गामा तरकारीखेती सुरु गरेकी…

Read More
Business Main Headlines Technology 

टेलिकम हाँक्ने कुर्सीमा पुगेकी ‘टावर चढ्ने महिला’

२९ भाद्र, काठमाडाैँ । ‘एकैछिन है, कुर्सी अलि सानो बनाउँछु अनि कुरा गरौंला’, कुर्सीको नट घुमाएर अलि तल झारेपछि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) की नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल आफ्नो स्कुले जीवन सम्झिन थालिन्। नेपाल टेलिकमको सुरुवाती जागिरे जीवनमा हिम्मतका साथ ५० मिटर अग्लो ट्रान्समिटर चढेर टेलिफोन सेवा दिएकी अर्याल जिम्मेवारीसहितको अग्लो कुर्सीप्रति भने अलि संवेदनशील रहेको बताइन्। अग्लो कुर्सीमा बसेर भुइँसम्मै सेवा पुर्‍याउनुपर्छ भन्ने उनको मानसपटलमा स्पष्ट छ। त्यसैले उनी भन्छिन्, ‘मैले कहिल्यै पद हेरिनँ, कर्म हेरें। कर्मले डोर्‍याउँदै यहाँसम्म ल्याइपुर्‍यायो।’ काठमाडौंको पुतलीसडकमा जन्मिएकी अर्यालले डिल्लीबजारस्थित…

Read More