Business Main Headlines 

पेट्रोलियम पदार्थको मूल्य घटाए

३० भदाै, काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आइतबार विज्ञप्ति प्रकाशित गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ५ रुपैयाँ घटाएको हो। घटेको मूल्य भदौ ३१ गते विहान १ बजेदेखि लागू हुने निगमले जनाएको छ। अब काठमाडौं उपत्यकामा पेट्रोलमा प्रतिलिटर १६३ रुपैयाँ तथा डिजेल र मट्टितेल १५४ रुपैयाँ पुगेको छ।

Read More
Business Corporate Main Headlines 

तामाकोशी ३ हाइड्रोपावरका लागि भवन भट्टले गरे अमेरिकी कम्पनीसँग सम्झाैता

३० भदाै, काठमाडौं । लामो समयदेखि वित्तीय श्रोतको अभावसँग जुधि रहेका गैरआवासीय नेपाली भवन भट्टको बिबि होल्डिङसले प्रस्तावित ६५० मेगावाट क्षमताको तामाकोशी ३ जलविद्युत आयोजनाको निर्माणका लागि अमेरिकी कम्पनीसँग साझेदारी गरेको छ। जलविद्युत आयोजना निर्माणका लागि अमेरिकाको बिजी टाइटन ग्रुपसँग सम्झाैतामा हस्ताक्षर गरेको हो । बिबि होल्डिङ्स अन्तर्गतको टि थ्री हाइड्रो कम्पनीले दोलखामा ६५० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणका लागि ६ वर्ष अघि नै उर्जा मन्त्रालयबाट इजाजत पाए पनि अझैसम्म निर्माण कार्य शुरू भएको छैन । दोलखाको गोपीखोलामा यो परियोजना निर्माणको लागि प्रस्ताव गरिएको छ। सम्झाैता पत्रमा हस्ताक्षरपछि जारी प्रेस…

Read More
Main Headlines 

सरकारको बृहत पञ्चवर्षीय योजना ‘डीआरएमएस’ सार्वजनिक, के-के छन् प्राथमिक उद्देश्य ?

३० भदाै, काठमाडाैँ । सरकारले घरेलु राजस्व परिचालन रणनीति (डीआरएमएस) सार्वजनिक गरेको छ। यो बृहत पञ्चवर्षीय योजना हो।नेपालको अर्थतन्त्रले कोभिड–१९ महामारीबाट उत्पन्न राष्ट्रिय उत्पादनको न्यून वृद्धि दर र बढ्दो बेरोजगारी दरजस्ता चुनौतीहरुको सामना गरेको थियो। यी चुनौतीको सामना गर्न सरकारले कर नीति, प्रशासन, शासन संरचना, संस्थागत संरचना, नीति कार्यान्वयन संयन्त्र र अनुगमन तथा मूल्यांकन प्रणालीमा सुधार गर्ने डीआरएमएस प्रारम्भ गरेको छ। डीआरएमएसको प्राथमिक उद्देश्यहरु आर्थिक स्थायित्वलाई बलियो बनाउन घरेलु स्रोतहरुबाट राजस्व परिचालनमा वृद्धि, कर कानुन र सञ्चालन प्रणालीहरुसँग करदाताहरुको स्वेच्छिक अनुपालन बढाउने, कर र भन्सार प्रशासनको जोखिम व्यवस्थापन क्षमतालाई सुदृढ…

Read More
Banking 

सुन–चाँदी धितो राखेर लिने कर्जामा ५.६३ प्रतिशतले वृद्धि, ५३ अर्ब कर्जा प्रवाह

३० भदाै, काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट सुन–चाँदी धितो राखेर प्रवाह हुने कर्जा बढेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार एक वर्षमा सुन–चाँदी धितो राखेर प्रवाह हुने कर्जा ५.६३ प्रतिशतले बढेको छ । २०८१ असार मसान्तसम्म वाणिज्य बैंकले सुन–चाँदी धितो राखेर ५३ अर्ब ४२ करोड २५ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसअवधिमा ५ वटा वाणिज्य बैंकले भने सुन–चाँदी धितो राखेर कर्जा प्रवाह गरेका छैनन् । १५ बैंकले भने यस्तो कर्जा प्रवाह गरेका छन् । २०८० असार मसान्तसम्म वाणिज्य बैंकहरुले ५० अर्ब ५७ करोड ५२ लाख रुपैयाँ कर्जा…

Read More
Entertainment 

‘होस्टेल ३’ को छायांकन सुरु, कुल ब्याइ र सिम्रनले दिए पहिलो सट

३० भदाै, काठमाडाैँ । फिल्म ‘होस्टेल ३’ को छायांकन सुरु भएको छ। आइतबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा शुभ मुहूर्त गर्दै सुटिङ सुरु गरिएको हो। मुहूर्तमा फिल्मका मुख्य कलाकार कुल ब्वाइ (पारस बम) र सिम्रन पन्तले पहिलो सर्ट दिए। चलचित्रको छायाङ्कन काठमाडौँको बोडेमा सुरु भएको छ। पहिलो चरणको छायाङ्कन २५ दिनसम्म चल्ने र तिहारपछि अर्को चरणको छायाङ्कन सुरु गरिने चलचित्रका निर्देशक सशान कँडेलले बताए। यस फिल्ममा पारससहित रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँलगायतका कलाकारहरूको अभिनय छ। अभिनेता आर्यन सिग्देलले चलचित्रमा होस्टेलको…

Read More
Corporate Main Headlines 

दशैंअघि नै काठमाडौं-भरतपुर उडान गर्ने श्री एयरलाइन्सको तयारी

३० भदाै, काठमाडाैँ । श्री एयरलाइन्सले दशैंअघि नै काठमाडौं–भरतपुर उडान गर्ने तयारी गरेको छ । गत असार ६ गते काठमाडौं–भरतपुर परीक्षण उडान गरेको श्रीले ७२ सिटे एटिआर विमान भरतपुर उडाउने तयारी गरेको हो । परीक्षण उडान सफल भएसँगै काठमाडौं–भरतपुर व्यावसायिक उडान गर्न चाहेको श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । उनले दशैं अघि नै भरतपुरमा सेवा दिने गरी उडान अनुमति लिने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए । भरतपुर विमानस्थलको रनवे सानो भएका कारणले ७२ सिटे विमान आउन नसक्ने भनिएता पनि श्रीले ८० सिटे जहाजकै सफल परीक्षण उडान गरेपछि…

Read More
Gold & Silver 

सुनले आज पनि बनायो उच्च मूल्यको रेकर्ड, कति पुग्यो तोलाको?

३० भदाै, काठमाडाैँ । नेपाली बजारमा आज पनि सुनले उच्च मूल्यले नयाँ रेकर्ड बनाएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि शुक्रबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ५६ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ५६ हजार आठ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला दुई हजार पाँच सय रूपैयाँ बढी हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार आठ सय रूपैयाँमा…

Read More
Banking Main Headlines Technology 

डिजिटल कारोबारलाई निःशुल्क बनाउने सरकारको तयारी

३० भदाै, काठमाडाैँ । सरकारले डिजिटल कारोबारलाई निःशुल्क बनाउने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबारलाई निःशुल्क बनाउने विषयमा सरकार छलफलमा जुटेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आज लेख्दै साना डिजिटल कारोबारमा लाग्ने शुल्कलाई व्यवस्थित र निःशुल्क बनाउने विषयमा सम्बन्धित अधिकारीसँग सरकार छलफलमा रहेको बताएका हुन् । एक जनाको समस्यालाई आफ्नो स्टाटसमा समेट्दै प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘हिजोआज फेसबुकको इन्बक्समा मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरूबाट सुझावहरू आइरहेका छन् । आजभोलि हामी धेरैजसो डिजिटल माध्यमबाट रकम ट्रान्सफर गर्ने गरेका छौं ।…

Read More