Entertainment 

‘होस्टेल ३’ को छायांकन सुरु, कुल ब्याइ र सिम्रनले दिए पहिलो सट

३० भदाै, काठमाडाैँ । फिल्म ‘होस्टेल ३’ को छायांकन सुरु भएको छ। आइतबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा शुभ मुहूर्त गर्दै सुटिङ सुरु गरिएको हो।

मुहूर्तमा फिल्मका मुख्य कलाकार कुल ब्वाइ (पारस बम) र सिम्रन पन्तले पहिलो सर्ट दिए। चलचित्रको छायाङ्कन काठमाडौँको बोडेमा सुरु भएको छ।

पहिलो चरणको छायाङ्कन २५ दिनसम्म चल्ने र तिहारपछि अर्को चरणको छायाङ्कन सुरु गरिने चलचित्रका निर्देशक सशान कँडेलले बताए।

यस फिल्ममा पारससहित रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँलगायतका कलाकारहरूको अभिनय छ। अभिनेता आर्यन सिग्देलले चलचित्रमा होस्टेलको वार्डेन र अभिनेत्री परीक्षा लिम्बुले विशेष भूमिकामा देखिनेछिन्।

आइतबार सम्पन्न मुहूर्तमा आर्यन सिग्देल र परीक्षा लिम्बु बाहेक चलचित्रका अन्य सबै कलाकारहरूको उपस्थिति रहेको थियो।
यो फिल्म फागुन १६ गते विश्वभर एकसाथ रिलिज हुने तयारीमा छ। चलचित्रको जापान, मध्यपूर्व, र मलेसियाका लागि वितरण अधिकार पहिले नै बिक्री भइसकेको छ।

सशान कँडेलकै कथा रहेको फिल्मको स्क्रिप्ट माधव शर्माले लेखेका हुन्।

‘होस्टेल’ चलचित्र शृङ्खला स्टारहरू जन्माउनेको रूपमा चिनिन्छ। ‘होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ लगायतका कलाकारहरूले डेब्यु गरेका थिए।

त्यस्तै, ‘होस्टेल रिटर्न्स’बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला लगायतका कलाकारहरूले डेब्यु गरेका थिए। उनीहरू सबै नेपाली चलचित्रका सफल कलाकारहरू बनिसकेका छन्।

विसं २०७० सालमा रिलिज भएको ‘होस्टेल’ र २०७२ मा रिलिज भएको ‘होस्टेल रिटर्न्सु बक्स अफिसमा सफल फिल्म हो।

Related posts

Leave a Comment