Business Technology 

डिजिटल कारोबारमा भ्याटको व्यवस्था संशोधन गर्दै सरकार

३१ भदौ, काठमाडौं । सरकारले विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) मा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने व्यवस्था संशोधनको तयारी गरेको छ । विद्युतीय कारोबारलाई प्रोत्साहन गर्नुपर्ने बेलामा भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) र भुक्तानी सेवा प्रदायक (पीएसपी) लाई भ्याट लगाउँदा विद्युतीय कारोबार निरुत्साहित हुनसक्ने भन्दै सरकारले संशोधनको तयारी गरेको हो । गत १५ जेठमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले संसदमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दा आर्थिक विधेयक २०८१ मा भ्याट छुट पाउने सेवा सूचीमा रहेको ‘समाशोधन गृह’ हटाएका थिए । समाशोधन गृहलाई सूचीबाट हटाएपछि सबै पीएसपी र पीएसओहरु भ्याटको दायरामा आएका…

Read More
Banking 

प्रभु बैंकको नयाँ ब्याजदर सार्वजनिक

३१ भाद्र, काठमाडौँ । प्रभु बैंक लिमिटेडले असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.१० प्रतिशत, संस्थागततर्फ ५.१० प्रतिशत र रेमिट्यान्स खातामा ७.१० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा मुद्दति निक्षेपमा सोही ब्याजदर कायम राखेको थियो । यसैगरी बैकले संंस्थागत मुद्दती निक्षेपअन्तर्गत ६ महिनादेखि १२ महिनासम्मका लागि ३.१० प्रतिशत,१२ महिनामाथि देखि ५ वर्षसम्मका लागि ४.१० प्रतिशत र ५ वर्षभन्दा माथिको अवधकिा लागि ५.१० प्रतिशत ब्याजदर कायम गरेको छ ।

Read More
Business Corporate Main Headlines 

बर्जर पेन्ट्सले ल्यायो चाडपर्व ग्राहक योजना ‘बर्जर नगद उत्सव’

३१ भाद्र, काठमाडौँ । बर्जर पेन्ट्स नेपालले मिस नेपाल वर्ल्ड २०२४ आश्मा केसीका साथ चाडपर्व उत्सव अभियान ‘बर्जर नगद उत्सव’को घोषणा गरेको छ। बर्जर पेन्ट्सको ४० लिटर खरिद गरी ग्राहकले यस योजनामा सहभागी भई १ लाखसम्म नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् । बर्जर पेन्ट्स नेपालका कन्ट्री म्यानेजेर राजीव रोयले बर्जर पेन्ट्सले चाडपर्वमा सुन्दर तरिकाले घर रंग्याएर चाडपर्व मनाउने राम्रो तरिका भएको बताए।‘यस अभियानमार्फत हामी हाम्रा ग्राहकहरूलाई उत्कृष्ट उत्पादनहरूको साथै आकर्षक नगद पुरस्कार जित्ने मौका पनि दिन चाहन्छौँ’, उनले भने, ‘हामीलाई विश्वास छ चाडपर्वलाई अझ विशेष बनाउँदैै यस अभियान नेपालभरका परिवारमाझ…

Read More
Banking Business Main Headlines 

प्रभु बैंक गण्डकी प्रदेशमा शैक्षिक केन्द्र(एजुकेशनहव) स्थापना

३१ भाद्र, काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्नो सेवापरिस्कृत गर्ने क्रममा आजमिति २०८१/०५/२८गतेगण्डकी प्रदेश कार्यालय अन्तर्गत स्वदेश तथा विदेशमा उच्चशिक्षा हासिल गर्न जानेहरुकालागिआवश्यक शैक्षिक कर्जा सहजतथा सरल रुपमा उपलब्ध गराउने उद्धेश्यले गण्डकी प्रदेश कार्यालय, पोखरामाशैक्षिक केन्द्र (एजुकेशनहव) स्थापना गरेको छ । स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुको लागि प्रदेश स्तरबाट उपलब्ध हुन सक्ने सहजभुमिकालाई मध्यनजर गर्दै प्रभु बैँक लि. गण्डकी प्रदेश कार्यालय अन्तर्गत उक्तविभाग स्थापना गरिएको हो । हाल नेपालबाट उच्च शिक्षा हासिल गर्नको लागिविद्यार्थीहरु विभिन्न देशका कलेज तथा विश्वविद्यालयमा भर्ना हुनका लागिआवश्यक वित्तियलागत परिपुर्ति गर्नको लागिआवश्यकपर्ने…

Read More
Banking Health Main Headlines 

बाल अस्पताललाई निफ्राको ५० लाख

३१ भाद्र, काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले उक्त संस्थाका अध्यक्ष डा. भगवान् कोइरालालाई हस्तान्तरण गर्नुभएको हो । बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको चेक हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीका साथै नायब महाप्रबन्धक सूर्यबहादुर तामाङ, नायब महाप्रबन्धक विनयनाथ न्यौपानेलगायतका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो । बैंकबाट प्रदान भएको रकम बालबालिकाको उपचारमा विशिष्टिकृत सेवा प्रदान गर्ने गरी बाल स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुर्‍याउने उद्देश्य लिई स्थापना…

Read More