Automobiles 

चार सहरमा एकैपटक टाटाको ‘पन्च ईभी’ सार्वजनिक

०१ असाेज, काठमाडौं । नेपालका चार सहरमा एकैपटक टाटाको ‘पन्च ईभी’ सार्वजनिक गरिएको छ । कम्पनीका अनुसार चितवन, पोखरा, बुटवल र भैरहवामा एकैसाथ टाटाको पन्च ईभी सार्वजनिक गरिएको हो । धेरैको प्रतीक्षा र प्राथमिकतामा परेको विद्युतीय कम्प्याक्ट एसयूभी पन्च ईभी चारवटै सहरमा एकैदिन औपचारिक रूपमा सार्वजनिक गरिएको सिप्रदीले जनाएको छ । पोखरामा आयोजित कार्यक्रममा सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ र उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष पवन प्रजापति सहभागी थिए । भैरहवा र बुटवलको कार्यक्रममा सिप्रदीका सीओओ राजेशप्रसाद गिरी, प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापती र सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष…

Read More
Banking 

असोजका लागि घट्यो ब्याजदर, कुन बैंकमा पैसा राख्दा पाइन्छ धेरै ब्याज?

०१ असाेज, काठमाडौँ । असोज महिनाका लागि वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन्। भदौको तुलनामा असोजमा वाणिज्य बैंकहरुले औसतमा ०.१३ प्रतिशतले ब्याज घटाएका हुन्।  बैंक तथा वित्तीय संस्थाहरुसँग कर्जायोग्य लगानी बढ्दै गएपछि बैंकहरुले धमाधम निक्षेपको ब्याजद घटाउन थालेका छन्। भदौ महिनामै निक्षेपको दर घटाएका बैंकहरुले असोज महिनाका लागि पनि ब्याज घटाएका हुन्। जसमा ९ वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाउँदा ९ वाणिज्य बैंकहरुले भदौकै ब्याजदरलाई निरन्तरता दिएका छन्। बाँकी दुई वाणिज्य बैंकहरुले भने ब्याज बढाएका हुन्।  यद्यपि घटेकै ब्याजदरमा पनि ४ बैंकले भने ७ प्रतिशतभन्दा माथिको ब्याज सर्वसाधारणलाई दिने भएका हुन्।…

Read More
Business Corporate Main Headlines 

नेपाल वायुसेवा निगमलाई दिएको २७ अर्ब बढी ऋण उठाउन कोषलाई अर्थमन्त्री पौडेलको निर्देशन

०१ असोज, काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोषले उठाउनुपर्ने लगानी उठाउनेतर्फ ध्यान दिन निर्देशन दिनुभएको छ । सोमबार कर्मचारी सञ्चय कोषको ६३औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिनुभएको हो । उहाँले कोषले गरेको लगानी धेरै ठाउँमा उठ्न नसकेको भन्दै कोषले गरेको लगानी फिर्ता ल्याउने विषयमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले कोषले सरकार ग्यारेन्टी रहेको भन्दैमा लगानी उठाउन निर्देशन दिनुभयो । उहाँले कर्मचारी सञ्चय कोषले गरेको लगानीको प्रतिफलका विषयमा समीक्षा गर्न जरुरी भएको औँल्याउनुभयो। उहाँले नेपाल वायुसेवा निगममा लगाएको लगानीको सरकार ग्यारेन्टी बसेको दिएको २७…

Read More
Agriculture Business Main Headlines 

सिमी प्रतिकेजी १० रुपैयाँले घट्दा कागती र अकबरे खुर्सानी महँगियो, पार्सलेको भाउ १७ सय पुग्यो

०१ असाेज, काठमाडौँ । कालीमाटी तरकारी बजारमा आज मङ्गलबार अधिकांश तरकारी र फलफूलको भाउ स्थिर रहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार आज अकबरे खुर्सानीको भाउ प्रतिकेजी २९० रुपैयाँ र कागतीको भाउ २२३ रुपैयाँ ३३ पैसा पुगेको छ । त्यस्तै, पार्सलेको भाउ आज पनि बढेको छ । सोमबार प्रतिकेजी १६ सय ६६ रुपैयाँ ६७ पैसा रहेको पार्सलेको भाउ बढेर आज १७ सय रुपैयाँ पुगेकोे हो । भटमासकोशा पनि प्रतिकेजी १० रुपैयाँले बढेर ११० रुपैयाँ, परवर ४५ रुपैयाँ र तोरीको साग ६० रुपैयाँ पुगेको छ…

Read More
Business Society 

मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालनमा आउने

०१ असोज, मुग्लिन (चितवन) । मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने छ । स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका लागि गत असार ३१ गतेदेखि केबलकार सेवा बन्द गरिएको थियो । २६ वर्षदेखि ‘एनालग’ प्रविधिका माध्यमबाट सञ्चालन हुँदै आएको केबलकार ‘डिजिटल’ प्रविधिमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । अष्ट्रियाको डोप्पलमेयर कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरिवेक्षणमा डिजिटल प्रविधिमा रुपान्तरण गर्ने काम सम्पन्न भएको उहाँले बताउनुभयो । गोरखाको…

Read More