Main Headlines 

टेलिकमले ल्यायो संविधान दिवस अफर, के-के छन् सुविधा?

०२ असोज, काठमाडाैं । संविधान दिवस (३ असोज)को अवसरमा नेपाल टेलिकमले विभिन्न अफर ल्याएको छ। टेलिकमले ल्याएको यो अफर आज (२ असोज)देखि असोज ४ गते (शुक्रबार) सम्म लागू हुनेछ। टेलिकमले सार्वजनिक गरेको अफर अनुसार ४९ रुपैयाँमा एक दिनभरि १ एमबीपीएस अनलिमिटेड डाटा र एक सय मिनेट कल प्राप्त हुनेछ। त्यसैगरी, १११ रुपैयाँमा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा र १९९ रुपैयाँमा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा प्राप्त हुने टेलिकमले जनाएको छ। त्यसैगरी २९९ रुपैयाँमा मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र ३९९ रुपैयाँमा १५ दिनसम्म चलाउन…

Read More
Share Market 

बजार घट्दा पनि बैंकिङ बढ्यो, कारोबार खुम्चियो

०२ असोज, काठमाडौं । यो साताका लागि अन्तिम कारोबार दिन बुधबार सेयर बजारको परिसूचक नेप्से ४ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक ४ अंक घटेपछि २५७६ मा कायम भएको छ । बजारमा कारोबार रकममा पनि उच्च गिरावट देखिएको छ । अघिल्लो दिन ७ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६६ करोडमै खुम्चियो । कारोबार रकम घट्नुले अब बजारमा बिक्री गर्नेहरू संयम हुन थालेको जनाउँछ । ७४ कम्पनीको मूल्य बढ्दा १६३ को घट्यो भने ७ को स्थिर रह्यो । यस दिन दुई सेक्टर मात्रै बढे । बैंकिङ…

Read More
Travels & Tourism 

नेपाल घुम्न आए अपाङ्‍गता भएका १२ सहित ९६ इजरायली, विमानस्थलमा स्वागत

०२ असोज, काठमाडौं । अपाङ्‍गता भएका १२ सहित ९६ इजरायली पर्यटक नेपाल भ्रमणमा आएका छन् । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । नेपालस्थित इजरायली दूतावासको समन्यवमा नेपाल आएको टोलीलाई मंगलबार राति इजरायली राजदूत होनान गोदर र नेपाल पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले स्वागत गरे । सालोम राफ्टिङ ट्रेक्स एन्ड एक्सपिडिसन र मास्टर हिमालयले उनीहरूको नेपाल यात्रा संयोजन गरेको हो । यी पर्यटक पोखरा, मनाङ र मुस्ताङका विभिन्न क्षेत्र भ्रमणमा जाने उद्देश्यले आएका हुन्। बुधबार काठमाडौंबाट पोखरा पुगेको उक्त टोली बिहीबार पोखराबाट हेलिकप्टर मार्फत मनाङको हुम्दे, त्यसपछि…

Read More
Banking 

एनआइएमबि एस क्यापिटलको पहिलो ‘इन्भेस्टर्स सर्कल’ सम्पन्न

०२ असोज, काठमाडौँ । एनआइएमबि एस क्यापिटलले आफ्नो पहिलो ‘इन्भेस्टर्स सर्कल’ सफलतापूर्वक सम्पन्न गरेको छ । हिल्टन काठमाडौँमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न बैंक तथा बीमा कम्पनीहरुका प्रमुख कार्यकारी निर्देशकहरु लगायत अन्य सरोकारवाला एवम निर्णायक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम नेपालमा प्राइभेट इक्विटी लगानीको परिदृश्यमा केन्द्रित रहेको थियो । कार्यक्रमका सहभागीहरूले नेपालमा प्राइभेट इक्विटीका अवसरहरूका बारेमा अर्थपूर्ण संवाद एवं छलफल गरेका थिए । एनआइएमबि एस क्यापिटलको भिजन र मिसनका बारेमा स्पष्ट पार्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री शिवान्त बहादुर पाँडेज्युले नेपालको समग्र आर्थिक वृद्धिमा प्राइभेट इक्विटीको महत्वलाई जोड दिई आफ्नो…

Read More
Banking 

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित

०२ असाेज, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजीक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ । विहीबार सिंगापुरमा आयोजित एक समारोहमा युरोमनी म्यागाजिनका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरे । सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो । ग्लोबल आइएमई बैंकले ग्राहकहरूलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ क्षेत्रमा भित्र्याएको नयाँनयाँ प्रविधि, वातावरणीय, सामाजिक तथा सुशासनका क्षेत्रहरुमा बैंकले गरेको…

Read More
Gold & Silver 

दाेस्राे दिन पनि थप घट्याे सुनकाे मूल्य

०२ असोज, काठमाडाैं । नेपाली बजारमा साताकाे चाैथाे काराेबार दिन (बुधबार) सुन–चाँदीको मूल्य घटेको छ। मंगलबार प्रतितोला ६ सय रुपैयाँले सस्तो भएको सुनको मूल्य आज थप तीन सय रुपैयाँ सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्य घटेसँगै आज सुनको मूल्य प्रतितोला एक लाख ५६ हजार चार सय रुपैयाँ कायम भएको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँ थियो। सुनकाे मूल्य घटेसँगै बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा झरेको महासंघले जनाएकाे छ…

Read More
Business Corporate 

साना तथा मझौला उद्योग प्रवर्द्धनमा महासङ्घ

०२ असोज, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्ले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मङ्गलबार साँझ पत्रकारहरूसँग भएको छलफलमा महासङ्घले मस्यौदा गरेको ‘स्टार्टअप’ नीति पारित भएको बताए । तीन वर्षदेखि निरन्तर स्टार्टअप नेसन कार्यक्रम आयोजना गरी प्रवर्द्धन र पैरवी गरिरहेको जानकारी दिँदै उनले कैलालीमा प्रदेश सरकारसँगको सहकार्यमा चाँडै ‘इन्कुवेसन’ केन्द्र स्थापना गरिने बताए । साना तथा मझौला उद्यमीका लागि ‘एसएमई’ विकास केन्द्र महासङ्घमा स्थापना गरिने जानकारी दिँदै अध्यक्ष ढकालले यसको प्रभावकारी सञ्चालनको तयारी भइरहेको बताए । उद्योग व्यवसायसँग…

Read More
Banking Main Headlines 

बैङ्क खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली जारी

०२ असाेज, काठमाडाैं । बैङ्क खाता रोक्का र फुकुवासम्बन्धी व्यवस्था गर्न विनियमावली जारी भएको छ । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार विनियमावली, २०८१ जारी गरेको हो । बैङ्क खाता रोक्का राख्न तथा रोक्का रहेका बैङ्क खाता फुकुवासम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित बनाउन बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ११० को व्यवस्थाबमोजिम विनियमावली जारी गरेको राष्ट्र बैङ्कले जनाएको छ । असोज १ देखि लागु हुने विनियमावली प्रचलित कानुनबमोजिम कुनै कसुरको अनुसन्धानको सिलसिलामा अधिकारप्राप्त अधिकारीले राष्ट्र बैङ्कसमक्ष खाता रोक्का वा फुकुवाका लागि अनुरोध गर्नुपर्ने छ । विनियमावलीमा उल्लेख भए अनुसार बैङ्क खाता रोक्का…

Read More
Business Main Headlines Society 

नौ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता

०२ असोज, काठमाडौँ । चालु आर्थिक वर्षको भदौ महिनामा झन्डै नौ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार भदौ महिनामा १९१ परियोजनामार्फत आठ अर्ब ९७ करोड ८७ लाख ९० हजार रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको हो । गत साउन महिनामा विभिन्न देशका लगानीकर्ताले ५९ परियोजनामार्फत आठ अर्ब ५५ करोड ५० लाख रुपियाँ बराबरको लगानी प्रतिबद्धता गरेका थिए । भदौ महिनामा सबैभन्दा धेरै सूचना प्रविधिमूलक परियोजना, पर्यटन र सेवामूलकमा वैदेशिक लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्कले देखाएको छ । यस्तै भदौ महिनामा सबैभन्दा धेरै स्वचालित मार्गबाट ८६ करोड २५…

Read More