Cooperative Main Headlines Society 

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

०६ असाेज, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछाने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक हुन् । जिल्ला अदालत पोखराका न्यायाधीश कृष्णजंग शाहको इजलासबाट लामिछानेविरूद्व पक्राउ पुर्जी जारी भएको हो । रविलाई पनि आजै पक्राउ गर्ने गरी कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी लिन प्रहरी खटाइएको थियो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उनलाई सम्भावित पक्राउबारे सूचित गरिएको छ । लामिछाने भने पार्टीका नेताहरुसँग पार्टी कार्यालय वनस्थलीमा आन्तरिक छलफलमा छन् । गोर्खा मिडिया नेटवर्कका सञ्चालक…

Read More
Automobiles International 

जर्मनीको पहिचान ‘फक्सवागन’ : ८७ वर्षको इतिहास, यसरी संकटमा पर्यो विश्वको दोस्रो ठूलो कार कम्पनी

०६ असाेज, एजेन्सी । चम्किलो तथ्यांकले सधैँ सत्य बोल्दैन, जर्मनीको अग्रणी कार कम्पनी यसको पछिल्लो उदाहरण हो । फक्सवागन बिक्रीको हिसाबले टोयोटापछि संसारको दोस्रो ठूलो कार कम्पनी हो । कम्पनीसँग पोर्श, बेन्टले, ल्याम्बोर्गिनी, डुकाटी र अडी जस्ता विशिष्ट ब्रान्डहरू छन् र फक्सवागन, स्कोडा, कप्रा, मान, स्क्यानिया र सिएटजस्ता सेल्स च्याम्पियनहरू छन् । तर सन् २०१५ को डिजेलगेट काण्डपछि यो विशाल जर्मन कार कम्पनी समस्यामा परेको छ । लगभग एकदशक पहिले, अमेरिकी अनुसन्धानकर्ताहरूले फक्सवागन गाडीहरूमा नक्कली उत्सर्जन रिडिङ दिने सफ्टवेयर पत्ता लगाए । यसपछि अमेरिका र जर्मनीमा फक्सवागनविरुद्ध मुद्दा चल्न थाल्यो…

Read More
Main Headlines Society 

पक्राउ परे दुर्गा प्रसाईं

०६ असाेज, काठमाडाैं । साइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको छ। उनलाई भक्तपुरबाट पक्राउ गरिएको हो। सो क्रममा अवरोध गर्न खोज्ने प्रसाईंका अंगरक्षकलाई पनि नियन्त्रणमा लिइएको थियो । साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर उनलाई पक्राउ गरेको हो। प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो।

Read More
Travels & Tourism 

विश्व पर्यटन दिवसमा बन्दीपुरमा सडक खाना महोत्सव हुने

०६ असाेज, काठमाडाैं । विश्व पर्यटन दिवसका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । पर्यटन दिवसका अवसरमा यही असोज ११ गते बन्दीपुरमा सडक खाना महोत्सवका साथै विविध सांस्कृतिक कार्यक्रम हुने भएकाे हाे । बन्दीपुर गाउँपालिका, बन्दीपुर पर्यटन विकास समितिको आयोजना तथा स्थानीय सङ्घसंस्थाको सहकार्यमा सडक खाना महोत्सव आयोजना गरिएको पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बताए । उनले भने, “पर्यटन दिवसका अवसरमा बन्दीपुर आउने पर्यटकको स्वागत गर्दै विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ ।” उनका अनुसार त्यस दिन बन्दीपुरका विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ ।…

Read More
Business Main Headlines 

१०२ मेगावाटको मध्यभोटेकोशी एक महिनाभित्र ल्याउने तयारी

०६ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको गुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्ने गरी अन्तिम चरणका कामहरु भइरहेका छन् । बाह्रबिसे नगरपालिका–५ स्थिति आयोजनाको विद्युतगृहको स्वीचयार्डबाट सोही नगरपालिका–३स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा स्थानीयसँग सहमति जुटेपछि अहिले तार तान्ने काम काम भइरहेको छ । २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको तार तान्ने काम दशैं अगाडि सकिने छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्का, राज्यमन्त्री पूर्ण बहादुर तामाङ,…

Read More
Business Share Market 

बैंकिङले बढायो सेयर बजार, घट्यो कारोबार

०६ असोज, काठमाडौं । आइतबार बैंकिङ समूहको उच्च वृद्धिले सेयर बजार दोहोरो अंकमा बढेको छ । यस दिन नेप्से परिसूचक ११.५८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २५८८ मा कायम भएको छ । बजार बढ्दा कारोबार रकम केही खुम्चिएको छ । अघिल्लो दिन ५ अर्ब ६६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ९ करोडमा खुम्चियो । बजार खुलेपछि आक्रामक बढ्ने संकेत देखिए पनि निरन्तरता दिन सकेन । बजार खुलेको पाँच मिनेटमै नेप्से २६४२ अंकसम्म पुगेको थियो, जुन इन्ट्राडे कारोबारकै अधिक अंक रह्यो । दिउँसो २ : २७ बजे…

Read More
Banking Business 

सिटिजन्स बैंक र मिराज बेकरीबीच छुट दिने समझदारी

०६ असाेज, काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बौद्ध, काठमाडौं स्थित मिराज बेकरी बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले मिराज बेकरीमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल…

Read More
Main Headlines Society 

छब्बीस बाक्सा पटाका बरामद

०६ असाेज, काठमाडाैं । बिपी राजमार्ग सडकखण्डअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ । नियमित सवारीसाधन जाँचका क्रममा शनिबार बेलुका सिराहबाट भुस्सा लोड गरी काठमाडौँतर्फ आउँदै गरेको ना५ख ७१७९ नम्बरको ट्रकमा लुकाइछिपाई ल्याएको २६ बाक्सा पटाका बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठकानुसार जोकर लेखिएको प्रतिप्याकेटमा ८० का दरले पाँच बाक्सामा चार सय प्याकेट, हाईस्पेड स्पिनर चक्र लेखिएको प्रतिबाक्सा दुई सय ४० बण्डलका दरले पाँच बाक्सामा गरी एक हजार २०० प्याकेट र प्रतिप्याकेट १५ पिसका दरले ४८ प्याकेटको…

Read More
Business Gold & Silver 

आइतबार १७ सय रुपैयाँले बढेसँगै सुनको भाउ रेकर्ड बिन्दुमा

०६ असाेज, काठमाडाैं । आइतबार १ हजार ७०० रुपैयाँले बढेसँगै सुनको भाउ रेकर्ड बिन्दुमा पुुगेको छ । शुक्रबार प्रतितोला १५ सय रुपैयाँले बढेको सुनको भाउ आइतबार पुनः १७०० रुपैयाँले बढेको हो । आइतबार छापावाला सुन १ लाख ५८ हजार ८०० रुपैयाँमा करोबार भइरहेको छ । यो हालसम्म कै उच्च हो । यसअघि भदौ ३१ गते १ लाख ५७ हजार ३०० रुपैयाँ पुगेर सुनको भाउले रेकर्ड कायम गरेको थियो । भदौ महिनामा ६ वटा रेकर्ड सुनको भाउले असोजमा भने पहिलो रेकडै बनाएका हो । नेपाली बजारमा भदौ महिनामा एक लाख ५३…

Read More
Banking Main Headlines 

अझै सुधार भएन बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा, कुन क्षेत्रको कति छ ?

०६ असाेज, काठमाडौं । अर्थतन्त्रमा आएको सुस्तताका कारण असुलीमा समस्या आउँदा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा बढ्दै गएको छ। अघिल्ला वर्षहरुको तुलनामा चालु आवमा पनि यस्तो कर्जाको अवस्था बढ्दै गएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा देखिएको छ। बैकहरुले कर्जा असुलीका लागि विभिन्न पहल गरिरहे पनि त्यसमा सुधार भने नभएको तथ्यांकले देखाएको छ। बैंकहरुले कर्जा असुलीका लागि विभिन्न योजनासमेत ल्याइरहेका छन्। कर्जाको ब्याजदरसमेत घट्दो अवस्थामा छ। तर, बैंक तथा वित्त संस्थाहरुले कर्जा असुलीमा समस्या झेल्दै आएका छन्। अर्थतन्त्रले गति लिएसँगै कर्जा असुलीमा सुधार हुने अपेक्षा गरिए पनि आशातीत रुपमा सुधार नहुँदा…

Read More