Business Gold & Silver 

आइतबार १७ सय रुपैयाँले बढेसँगै सुनको भाउ रेकर्ड बिन्दुमा

०६ असाेज, काठमाडाैं । आइतबार १ हजार ७०० रुपैयाँले बढेसँगै सुनको भाउ रेकर्ड बिन्दुमा पुुगेको छ । शुक्रबार प्रतितोला १५ सय रुपैयाँले बढेको सुनको भाउ आइतबार पुनः १७०० रुपैयाँले बढेको हो ।

आइतबार छापावाला सुन १ लाख ५८ हजार ८०० रुपैयाँमा करोबार भइरहेको छ । यो हालसम्म कै उच्च हो । यसअघि भदौ ३१ गते १ लाख ५७ हजार ३०० रुपैयाँ पुगेर सुनको भाउले रेकर्ड कायम गरेको थियो ।

भदौ महिनामा ६ वटा रेकर्ड सुनको भाउले असोजमा भने पहिलो रेकडै बनाएका हो ।

नेपाली बजारमा भदौ महिनामा एक लाख ५३ हजार १००, एक लाख ५३ हजार २००, एक लाख ५३ हजार ४००, एक लाख ५६ हजार ३००, एक लाख ५६ हजार ८०० र आज एक लाख ५७ हजार ३०० रुपैयाँ गरेर ६ वटा रेकर्ड बनेका थिए ।

अमेरिकी फेडरल रिजर्भ (फेड)ले चार वर्षभन्दा बढी अवधिपछि पहिलो पटक ब्याजदर कटौती गरेकोले सुनको भाउमा वृद्धि भएको व्यवसायीहरु बताउँछन् ।

फेडले ०.५ प्रतिशत घटाएर ४.७५ देखि ५ प्रतिशतको बीचमा राखेको छ । विगत १४ महिनादेखि बैङ्कले आफ्नो मुख्य ऋण दरलाई ५.२५ देखि ५.५० प्रतिशतको बीचमा दुई दशकको उच्च विन्दुमा राखेको थियो ।

महिना ब्याजदर कटौती गर्ने तयारी गरेकोले सुनको भाउ रेकर्ड बिन्दुमा पुगेको फेडले ब्याजदर कटौती गरेसँगै आफ््नो लगानी सुरक्षित गर्न लगानीकर्ताहरु सुन तर्फ आकर्षित भएकोले भाउमा वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष तेजरत्न शाक्यले बताए ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको द्धन्दको प्रभाव, कच्चा तेलको मुल्यमा भएको वृद्धि, डलरको विनिमय दरमा देखिएको स्थिरता लगायत अन्य कारण देखिरहेकै अवस्थामा फेडको संकेतले झनै बढावा दिएको उनले बताए । सुनको मुल्यमा विगत केही समय देखि देखिँदै आएको बढ्दो टे«ण्ट जस्ता विभिन्न कारणले भाउ अझै केही दिन बढ्ने उनको अनुमान छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार चाँदी १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस सुन २ हजार ६२२ दशमलव ०३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३१ दशमलव १७ डलरमा कारोबार भइरहेको छ ।

Related posts

Leave a Comment