Banking 

प्रभु बैंक भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् दुई बिधामा सम्मानित

०७ असाेज, काठमाडौं । पछिल्लो समयमा बिभिन्न किसिमका विद्युतीय भुक्तानी सम्बन्धी सेवाहरुको विस्तारमा आक्रामक रहेको प्रभु बैंक लि. भिजा ईन्टरनेशनल द्धारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् Excellence in Consumer Debit Card Business / Excellence in Product Innovation गरी दुई बिधामा सम्मानित भएको छ । भिजा एफिलिएट सदस्यता श्रेणीको रूपमा भिजा नेटवर्कमा भिजा उपभोक्ता डेबिट कार्ड को व्यवसायमा उत्कृष्टता बापत पहिलो अवार्ड प्राप्त भएको हो भने दोस्रो अवार्ड एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन पूर्ण नविनतम् सुविधा सहितको प्रभु भिसा बिजनेश डेबिट कार्डको पहिलो ब्यबसायिक सेवा बिस्तार सँग सम्बन्धित् छ ।…

Read More
Main Headlines 

दसैँ–तिहार सुरक्षा योजना : उपत्यकामा १२ हजार प्रहरी परिचालन गरिँदै

०७ असोज, काठमाडौँ । नेपालीहरूको महान् पर्व दसैँ, तिहार र छठ नजिकिँदै छ । दसैँ र तिहारमा काठमाडौँ उपत्यका छाडेर लाखौँ मानिसहरू आफ्नो पुर्ख्यौली थातथलोमा फर्किन्छन् । उपत्यका छाड्नेको लर्कोका कारण यात्रुको टिकटमा ठगी, खाद्यान्नमा कालोबजारी, चोरी र डकैतीका घटना हरेक वर्ष हुन्छन् । चाडपर्वमा सबैभन्दा धेरै अपराधका घटना काठमाडौँ, भक्तपुर र ललितपुरमा हुने गरेका छन् । चाडपर्वमा हुने आपराधिक घटना नियन्त्रण गर्न प्रहरीले सुरक्षा योजना बनाएर सुरक्षाकर्मी परिचालन गर्ने गरेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रहरीले अहिले सुरक्षा योजना तयार गरिरहेका छन् । काठमाडौँ जिल्लामा मात्रै करिब ५…

Read More
Business Share Market 

सेयर बजारमा सबै सूचक घटे, नेप्से २५२९ अंकमा

०७ असोज, काठमाडौं । सोमबार सेयर बजारमा सबै सूचक घटेका छन् । नेप्से परिसूचक ५९ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २५२९ अंकमा कायम भएको छ । यस दिन कुल ५ अर्ब ६६ करोडको कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ । अघिल्लो दिन ५ अर्ब ९ करोडको भएको थियो । प्रिओपनमा बजार बढे पनि नियमित कारोबार सुरु भएपछि भने निरन्तर बजार ओरालो लाग्यो । १४ कम्पनीको मूल्य बढ्दा २२९ को घटेको छ भने एउटाको स्थिर रह्यो । सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ…

Read More
Banking 

ज्योति विकास बैंकद्वारा बालबालिकाहरुलाई कृत्रिम हात प्रदान

०७ असाेज, काठमाडाैं । ज्योति विकास बैंकले ई-नेबल नेपालसँगको सहकार्यमा ६ जना बालबालिकालाई थ्रिडी प्रिन्टेड कृत्रिम हात हस्तान्तरण गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत बैंकले उक्त कार्य गरेको हो। ईनेबल नेपालको कार्यालय परिसरमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकले उक्त कृत्रिम हातहरु ६ जना आवश्यकता भएका बालबालिकालाई प्रदान गरिएको छ । प्रदान गरिएका कृत्रिम हातहरुले बालबालिकालाई सामान्य दिनचर्याका काममा सहयोग हुनुको साथै बालबालिकाको मनोबल र आत्मविश्वास उच्च राख्न सहयोग हुने विश्वास बैंकले राखेको छ। हालसम्म बैंकले यस्ता कृतिम हातहरु २६ जना बालबालिकालाई प्रदान…

Read More
Banking 

आइएमई मोटर्स र रिलायन्स फाइनान्सबिच सत्तरी प्रतिशतसम्म सवारी कर्जाको सम्झौता

०७ असाेज, काठमाडाैं । आइएमई मोटर्सले रिलायन्स फाइनान्स बिच सत्तरी प्रतिशत सम्मको सवारी साधन फाइनान्सिगका लागि रणनीतिक साझेदारी भएको छ । यस सम्झौतासँगै,ग्राहकहरूले अब रिलायन्सबाट सत्तरी प्रतिशतसम्मको सवारी साधन फाइनान्सिग सुविधा प्राप्त गर्न सक्नेछन् । सम्झौतामा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र रिटेल तथा एस एम इ प्रमुख नबिन्द्र केसी र आइएमई मोटर्सका सहायक महाप्रबन्धक सुशील सुवेदी र कम्पनीका प्रमुख वित्तीय अधिकृत निर्मल अधिकारी बिच हस्ताक्षर भएको हो। यस समझदारी मार्फत दुबै कम्पनीहरूको ग्राहक(केन्द्रित समाधान र अटोमोबाइल क्षेत्रको विकासमा प्रतिबद्धता प्रकट गरेका छन् । यसबाट ग्राहकहरूलाई सवारी…

Read More
Cooperative 

पूर्व नेपाल बहुउद्देश्यीय सहकारीको करोडौँ रकम घोटाला

पूर्वपदाधिकारीको कटेरो कम्पनीमा मात्रै १८ करोड कर्जा प्रवाह ०७ असाेज, विराटनगर । झापाको कमल गाउँपालिका २ मा रहेको पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको करोडौँ रकम सञ्चालक समितिका पदाधिकारीहरूले आफ्नै कम्पनीमा लगेको पाइएको छ । उक्त सहकारी झापामै ठुलो सहकारीको रूपमा परिचित छ । सहकारीका पूर्व पदाधिकारीहरू र व्यवस्थापकहरूले आफ्ना कम्पनीमा गरेको १८ करोडभन्दा बढी कर्जा लगानी उठ्न सकेको छैन । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको टोलीले गरेको अनुगमन प्रतिवेदन अनुसार उक्त सहकारीका संस्थापक अध्यक्ष गणेश ढकाललगायत अन्य व्यक्तिहरू मिलेर खोलेको कटेरो नेपाल प्रा.लि नामको कम्पनीका सञ्चालकलाई एकै समयमा १८…

Read More
Gold & Silver 

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ५९ हजार २०० रुपैयाँ कायम

०७ असाेज, काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज मूल्य थप बढेर १ लाख ५९ हजार २०० रुपैयाँ हुँदै नयाँ कीर्तिमान कायम भएको हो । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ५८ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै छापावाल सुन नै प्रति १० ग्राम १ लाख ३६ हजार ४९० रुपैयाँ कायम भएको छ । यसैबिच सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन तोलामा १ हजार ९२० रुपैयाँ कायम भएको चाँदीको…

Read More
Agriculture Business 

कालिमाटीमा सबैभन्दा सस्तो तरकारी गोलभेँडा, च्याउलाई सबैभन्दा महंगो पर्ने

०७ असोज, काठमाडौं । कालिमाटी तरकारी तथा फलफूल बजारमा बुधबार सबैभन्दा सस्तो तरकारी गोलभेँडा र च्याउ सबैभन्दा महंगो तरकारीको रुपमा कारोबार भइरहेको छ । सानो गोलेभेँडाको प्रतिकेजी न्यूनतम मूल्य १५ रुपैयाँ तोकिएको छ भने अधिकतम मूल्य २५ रुपैयाँ तोकिएको छ । यस्तै, आज सिताके च्याउको न्यूनतम मूल्य ९५० रुपैयाँ र अधिकतम मूल्य ११ सय रुपैयाँ तोकिएको छ । यसैगरी, कालिमाटीमा आज कन्य च्याउ १९६ रुपैयाँ, कुरीलो ४३३ रुपैयाँ, न्यूरो ९६ रुपैयाँ, लाम्चो भन्टा ४६ रुपैयाँ, डल्लो भन्टा ५६ रुपैयाँ, तने बोडी ६६ रुपैयाँ, मकै बोडी ८६ रुपैयाँ, लोकल सिमी ६८…

Read More