Business Share Market 

२५ सय तल झर्‍यो सेयर बजार, सबै क्षेत्रका सूचक घटे

०८ असोज, काठमाडौं । बुधबार पनि सेयर बजारमा ठूलै गिरावट देखिएको छ । यस दिन नेप्से परिसूचक २५ सयभन्दा तल झरेको छ । नेप्से अघिल्लो दिनको तुलनामा ५८.९३ अंक घटेको हो । सो अंकको कमीपछि २४७० मा कायम भएको छ । ११ : २५ बजे नेप्से २५४७ अंकसम्म पुगेको थियो, जुन इन्ट्राडेको उच्चतम विन्दु रह्यो । त्यसपछि भने बजार एकोहोरो ओर्लिरह्यो । १० कम्पनीको मूल्य बढ्दा २३३ को घट्यो भने एउटाको स्थिर रह्यो । सबै क्षेत्रका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै ४.६ प्रतिशत घट्यो । बैंकिङ २.००, विकास…

Read More
Main Headlines 

त्रिशूली थ्री बी सबस्टेशनको काम चाँडो पूरा गर्न ऊर्जामन्त्रीको निर्देशन

०८ असाेज, काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले त्रिशूली थ्री बी हब २२०\१३२\३३ केभी सबस्टेशन तथा प्रसारण लाइनको काम चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन् । उक्त सबस्टेशनको आज स्थलगत निरीक्षण गर्दै उनले प्रसारण लाइन विस्तारका क्रममा उत्पन्न समस्या समाधान गरी चाँडो काम पूरा गर्न निर्देशन दिएका हुन्। ऊर्जामन्त्री खड्काले प्रसारण लाइन विस्तारको काम ढिलाइ हुँदा राज्यले दैनिक ठूलो घाटा व्यहोर्नु परेको भन्दै जनशक्ति थप गरेर भए पनि चाँडो काम सम्पन्न गर्न निर्देशन दिए । “सब स्टेशन निर्माण र चिलिमे जलविद्युत् आयोजनाबाट त्रिशूली थ्री बी हब सबस्टेशनमा ल्याउनका…

Read More
Banking 

एनएमबि बैंकको बुद्ध भिसा कार्डबाट फ्लाईट टिकेट किन्दा १०% छुट

०८ असाेज, काठमाडाैं । एनएमबि बैंकले बुद्ध भिसा डेबिट कार्ड (अय–दचबलमभम कार्ड) होल्डरहरूको लागि चाडपर्वमा बुद्ध एयरको वेब साइटबाट फ्लाईट टिकट काट्दा १०% क्यास ब्याक, अधिकतम ५०० रुपैयाँ सम्म दिने घोषणा गरेको छ । चाडपर्वको समयमा, बैंकले ग्राहकहरूको यात्रामा सजिलो होस भन्ने सहकार्यको लागि सो अफर घोषणा गरेको हो । यो अफर छठ सम्मको लागि लागू हुनेछ, जसले ग्राहकहरूलाई बचतको लाभ लिन पनि प्रोत्साहित गर्दछ । थप जानकारीका लागि बैंकको कल सेन्टर ०१५९७०१७० वा नजिकैको शाखामा सम्पर्क गर्नुहोस् । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन…

Read More
Main Headlines Travels & Tourism 

नेपाल एडभेन्चर एक्स्पो २०२४ आयोजना हुर्दै

०८ असाेज, काठमाडौं । नेपाल एडभेन्चर एक्स्पोको पहिलो संस्करणको सफलतापछि दोस्रो स्रस्करण पनि आयोजना हुने भएको छ । एआर भेन्चर्स को आयोजनामा ‘नेपाल एडभेन्चर एक्स्पो’ को आयोजना यही सेप्टेम्बर २८ तारिख शानिबारको दिन बिहान १० बजेदेखि साँझ ६ बजे सम्म नागपोखरीस्थित अरण्य बुटिक होटलमा आयोजना हुने कार्यक्रमका आयोजक सोनाम जाङ्बु शेर्पाले बताए । कार्यक्रमलाई नेपाल पर्यटन बोर्डले सहकार्य र प्रवद्र्धन गर्ने छ भने इन्टरनेट पार्टनरमा क्लासिटेक, भेन्यु पार्टनरमा अरण्य बुटिक होटल र डिजाइन् पार्टनरमा सत्य मिडिया कोलेभोरेटिभ रहेका छन् । यसअघि नेपालमै पहिलो पटक ‘नेपाल एडभेन्चर एक्स्पो’ को पहिलो संस्करण दरबारमार्गस्थित…

Read More
Business Gold & Silver 

सुनको मुल्य अहिलेसम्मकै उच्च

०८ असाेज, काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मंगलबार सुन तोलामा ५ सयले बढेर प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको हो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्यमा तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १९१५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Read More
Business Main Headlines Society 

सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था

०८ असाेज, काठमाडौँ । सार्वजनिक सवारीसाधनले यात्रुबाट बढी भाडा लिने गरेको जनगुनासो आएपछि अनिवार्य टिकटको व्यवस्था गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा बढी शुल्क तिर्नुपर्ने गुनासो आएपछि अनिवार्य टिकट दिएर मात्र सवारी सञ्चालन गर्नुपर्ने निर्णय गरेको हो । दसैँतिहार तथा छट पर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सर्वपक्षीय बैठकले हरेक यात्रुलाई अनिवार्य टिकट दिएर मात्रै यात्रा गर्ने÷गराउने व्यवस्था कार्यान्वयन गर्ने निर्णय गरेको हो । जिल्लामा सञ्चालित कतिपय जिपले यात्रुबाट तोकिएभन्दा बढी भाडा लिने, टिकट नदिने जनगुनासो आएकाले अनिवार्य टिकटको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी…

Read More
Education Main Headlines 

एसइईको ग्रेड वृद्धि परीक्षामा एक लाख १९ हजार चार सय २५ जना ग्रेड (पास)(यसरि हेर्नुहाेस नतिजा)

०८ असाेज, काठमाडौँ । यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षामा सहभागीमध्ये ५६.७८ प्रतिशत उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सोमबार उक्त परीक्षाको नतिजा सार्वजनिक गरेको हो । बोर्डका अनुसार परीक्षामा दुई लाख १० हजार ३२१ जना सहभागी भएका थिए । जसमध्ये एक लाख १९ हजार ४२५ जना उत्तीर्ण भएको बोर्डले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागीमध्ये ९० हजार ८८८ जना ननग्रेडेड अर्थात् अनुत्तीर्ण भएका छन् । बोर्डका अनुसार जिपिए ३.६१ देखि ४ सम्म जम्मा १८ जनाले ल्याएका छन् । जिपिए ३.२१ देखि ३.६० सम्म एक…

Read More