Cooperative Main Headlines 

साहारा सहकारीका बचत रकम अपचलनमा जीबीसहित १७ विरुद्ध मुद्दा दर्ता

०९ असाेज, काठमाडौं । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । १७ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी कसुरमा मुद्दा दर्ता भएको हो । प्रतिवादीमा सहकारीका संस्थापक अध्यक्ष जीबी राई, सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगर छन् । ४ सय ४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ अपचलन भएको…

Read More
Interview 

२४३ अर्ब लगानी गरेको नागरिक लगानी कोषको कुन क्षेत्रमा कति ?

०९ असाेज, काठमाडौं । कोषले पनि सुरक्षित लगानीमार्फत उच्च प्रतिफल दिने प्रतिबद्धता व्यक्त गर्दछ। सहभागीले मिहेनत गरेर कमाएको पैसालाई कोषले सुरक्षित लगानी गर्छ। वित्तीय क्षेत्रमा लामो अनुभव बटुलिसकेका पर्वतकुमार कार्की नेपाल राष्ट्र बैंकमा तीसवर्षे सेवा पूरा गरी कार्यकारी निर्देशकबाट सेवा निवृत्त भएका हुन्। राष्ट्र बैंकबाट सेवा निवृत्त भएपश्चात् कार्कीले साबिकको ग्रामीण विकास बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा चार वर्ष र नागरिक लगानी कोषमा आउनुअघि किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्य गरेका थिए। प्रस्तुत छ, कोषका कार्यकारी निर्देशक कार्कीसँग गरिएको कुराकानीको सम्पादित अंश। कोषले २९औँ वार्षिक साधारणसभा…

Read More
Share Market 

४९ अंक बढ्यो सेयर बजार, कारोबार घट्यो

०९ असोज, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ४९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २५१९ अंकमा कायम भएको छ । बजार बढ्दा कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ५ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८१ करोडमै खुम्चियो । म्युचुअल फन्डबाहेक सबै सेक्टरका सूचक बढेका छन् । बैंकिङ १.८, विकास बैंक २.७५, फाइनान्स ३.८०, होटल तथा पर्यटन ३.५०, हाइड्रोपावर २.६०, लगानी १.५६, जीवन बीमा १.९१, उत्पादन १.४४, माइक्रोफाइनानस १.४९, निर्जीवन बीमा १.६७, अन्य १.७५ र व्यापार समूह १.७८ प्रतिशत बढे । २१० कम्पनीको…

Read More
Insurance 

शिखर इन्स्योरेन्सद्वारा काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि विजेतालाई जनही ५० हजार रुपैयाँसहित सम्मान पत्र प्रदान

०९ असाेज, काठमाडाैं । शिखर इन्स्योरेन्स कम्पनीले मंगलबार काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि विजेता नेपाल पुलिस क्लबलाई नगदसहित सम्मान गरेको छ। माल्दिभ्समा भएको प्रतियोगिताको उपाधि जितेर पुलिस टोली सोमबार स्वदेश फर्केको हो। च्याम्पियन टोलीका खेलाडी, प्रशिक्षक, अफिसियललाई गरी १६ जनालाई जनही ५० हजार १ रुपैयाँसहित सम्मान गरिएको हो । साथै सम्पूर्ण खेलाडीको २ लाख बराबरको हेल्थ इन्स्योरेन्ससमेत गरिदिने शिखर इन्स्योरेन्सले जनाएको छ। च्याम्पियनसिपमा विधागत उत्कृष्ट भएवापत तीन खेलाडीलाई थप ५०-५० हजार प्रदान गरिएको थियो। उषा भण्डारी मोस्ट भ्यालुएबल प्लेयर र उत्कृष्ट आउटसाइड हिटर बनेकी थिइन्। उनले थप एक लाख…

Read More
Gold & Silver 

सुनको भाउले लगातार ५ दिन बनायो नयाँ रेकर्ड

०९ असाेज, काठमाडाैं । सुनको भाउले लगातार ५ दिन नयाँ रेकर्ड बनाएको छ । भदौ ५ गते १ लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको भाउ भदौ ६ गते १ लाल ५८ हजार ८०० रुपैयाँ पुगेर रेकर्ड कायम गरेको थियो । यस्तै भदौ ७ गते १ लाख ५९ हजार २००, भदौ ८ गते १ लाख ५९ हजार ७०० कारोबार भएको थियो । बुधबार छापावाला सुनको भाउ १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य पनि…

Read More
Education 

सिटिइभिटी उपाध्यक्षका लागि १३ जना छोटो सूचीमा

०९ असोज, काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को उपाध्यक्ष पदका लागि आवेदकमध्येबाट १३ जनाको नाम छोटो सूचीमा परेका छन् । उपाध्यक्ष मनोनयनका लागि गठन गरिएको सिफारिस समितिका अनुसार छोटो सूचीमा परेकामा डा. खेमराज जोशी, टैलेन्द्र आचार्य, ओमप्रसाद बराल, डा. कुश्माकर भट्ट, राजबहादुर गिरी, भुवनेश्वर ढुङ्गाना, मिस्टरकान्त मैनाली, जीवनारायण काफ्ले परेका छन् । त्यस्तै हरिशङ्करप्रसाद साह, डा. ज्ञानबहादुर थापा, डा. महेन्द्रप्रसाद भट्ट, डा. सौरभराज जोशी र बिमला भट्टको नाम पनि छोटो सूचीमा परेको छ । छोटो सूचीमा परेकाका लागि असोज ११ गते तीन चरणमा प्रस्तुतीकरण तथा अन्तर्वार्ता सञ्चालन हुने छ ।…

Read More