Main Headlines 

आयात घट्दा र रेमिट्यान्स बढ्दा शोधनान्तर स्थिति ४१ अर्बले बचतमा

१० असाेज, काठमाडाैं । चालु आर्थिक वर्षको साउन महिनामा शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको छ । सो अवधिमा आयात घट्दा र रेमिट्यान्स बढ्दा शोधनान्तर स्थिति बचतमा देखिएको हो । चालु आर्थिक वर्षको साउन महिनामा आयात ०.६ प्रतिशतले घटेको छ । त्यसैगरी रेमिट्यान्स १८ प्रतिशतले बढेको छ । यसले गर्दा शोधनान्तर स्थिति बचतमा पुगेको हो । चालु आर्थिक वर्षको साउन महिनामा चालु खाता ३० अर्ब ८९ करोडले बचतमा छ । गत आवको सोही अवधिमा चालु खाता १३ अर्ब ३७ रुपैयाँ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो…

Read More
Share Market 

२५ सयमाथि टिकेन सेयर बजार

१० असोज, काठमाडौं । अघिल्लो दिन बढेर २५१९ अंकमा पुगेको सेयर बजार बिहीबार फेरि २५ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा ३२.८१ अंक घटेको बजार २४८६ मा कायम भएको छ । कारोबार खुल्दा सकारात्मक देखिएको बजार ११ : २४ बजे २५४१ अंकसम्म पुग्यो । जुन इन्ट्राडेमा उच्चतम अंक रह्यो । त्यसपछि सामान्य उतारचढावका बाबजुत अन्तिमसम्म गिरावट जारी रह्यो । ३९ कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो भने ४ को स्थिर रह्यो । कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ४ अर्ब ८१ करोडको कारोबार भएकोमा आज ४ अर्ब…

Read More
Business Gold & Silver 

सुनको मूल्यमा कीर्तिमान

१० असाेज, काठमाडाैं । अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य स्थानीय बजारमा पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको सुनको मूल्य हालसम्मकै उच्च हो । तोलामा तीन सय रुपैयाँले वृद्धि भएपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । बुधबार प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६० हजार ७०० रुपैयाँ निर्धारण भएको छ । त्यस्तै चाँदीको मूल्य स्थिर छ । बुधबार प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका…

Read More
Banking Main Headlines 

एनएमबि बैंकले सौर्य ऊर्जा र जलविद्युत बिकासको लागि कोष र प्राविधिक सल्लाह ल्याउँदै

१० असाेज, काठमाडाैं । एनएमबि बैंक लिमिटेडले नेपालको सबैभन्दा दिगो बैंक बन्ने स्ट्राटेजिक आकांक्षा अनुसार दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ । दीगो युटिलिटि–स्केल सौर्य र कृषि परियोजनाहरूको विकासकोलागी प्राविधिक सहयोग तथा सल्लाह भित्राउने उद्वेश्यले अमेरिकी डलर २० मिलियनको पहिलो सम्झौता डच फन्ड फर क्लाइमेट एण्ड डेभलपमेन्टसँग गरेको छ । अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गर्ने निकाय हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्सले प्रारम्भिक जलविद्युत दीगोपन मूल्याङ्कन गर्न प्राविधिक सल्लाहकार उपलब्ध गराउनका लागि डच उद्यमशील विकास बैंक, एफएमओसँग दोस्रो सम्झौता गरेको छ । नेपाल विद्युत प्राधिकरणको नेपालभर ८०० मेगावाटसम्मको ग्रिड जडित सौर्य ऊर्जा विस्तार गर्ने…

Read More
Banking 

सानिमा बैंक र सिजी डिजिटलबीच सहकार्य, २५ प्रतिशतसम्म छुट

१० असाेज, काठमाडाैं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सिजी डिजिटल प्राइभेट लिमिटेडसँथ विशेष छुटको व्यवस्था गरेको छ । यस अन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ सिजी डिजिटल मार्फत सिजी डिजिटलमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरुलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । साथै, सानिमा क्रेडिट कार्ड मार्फत भुक्तानी गरी शून्य प्रतिशत मासिक किस्ताबन्दीमा परिणत गर्दा एक हजार बराबरको क्यास ब्यागको व्यवस्था पनि गरेको छ । क्यास ब्यागको न्यूनतम ३० हजार रुपैयाँको कारोबारमा प्रदान गरिनेछ ।…

Read More