Business Corporate Main Headlines 

साउनमा मात्रै भित्रियो झन्डै डेढ खर्ब रेमिट्यान्स

चालु आर्थिक वर्षको पहिलो महिनामा मात्रै १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स आप्रवाह गत आवको सोही अवधिको तुलनामा १८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो । चालु आवको साउनको अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रुपैयाँ थियो । चालु आवको साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३६ हजार ९२८ छ…

Read More
Main Headlines Political Finance 

नेपालको अर्थतन्त्र सुधार्न पर्यटन क्षेत्रको महत्वपूर्ण योगदान: कार्यवाहक प्रधानमन्त्री सिंह

११ असोज, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले शुक्रबार ४५औं विश्व पर्यटन दिवसको अवसरमाम आयोजना गरेको कार्यक्रममा उनले पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा पुर्‍याएको योगदानको चर्चा गरेका हुन् । तर, अवस्था भने सन्तोषजनक नरहेको भन्दै आगामी दिनमा पर्यटन क्षेत्रबाट हुने योगदान थप वृद्धि गर्न सरकारले आवश्यक सहजीकरण गर्ने पनि बताए । ‘पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा ठुलो योगदान पुर्‍याएको छ । कूल ग्राहस्थ उत्पादनमा यो क्षेत्रबाट भइरहेको योगदान अझ कसरी बढाउन सकिन्छ ?’ उनले भने,…

Read More
Main Headlines 

कालीमाटीमा स्कूस र मूला सबैभन्दा सस्तो हुँदा पार्सले महँगो पर्ने, तरकारी र फलफूलको थोक मूल्यसूची

११ असाेज, काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज शुक्रबार बजारमा मूला र स्कूसको भाउ सबैभन्दा सस्तो रहेको छ । आज स्कुस र सेतो मूला प्रतिकेजी २२ रुपैयाँ ३३ पैसा तोकिदा पार्सलेको भाउ भने प्रतिकेजी १ हजार ९ सय रुपैयाँ पुगेको छ ।  यसैगरी, ठूलो गोलभेडा (भारतीय)को मूल्य प्रतिकेजी १०५ रुपैयाँ, लोकल सानो गोलभेडा ३० रुपैयाँ ६७ पैसा, टनेल गोलभेडा ६१ रुपैयाँ ६७ पैसा, रातो आलु ७७ रुपैयाँ ६७ पैसा, रातो आलु (भारतीय) ५६ रुपैयाँ, मुडेको रातो आलु ७१ रुपैयाँ, सुकेको प्याज (भारतीय) १११ रुपैयाँ,…

Read More
Main Headlines 

आज विदेशी मुद्राको खरिद बिक्री कति रुपैयाँमा गर्न सकिन्छ ?

११ असाेज, काठमाडाैं । अमेरिकी एक डलरको खरिद मूल्य १३३ रुपैयाँ ५४ पैसा र बिक्री मूल्य १३४ रुपैयाँ १४ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिद मूल्य १४८ रुपैयाँ ९३ पैसा र बिक्री मूल्य १४९ रुपैयाँ ६० पैसा तोकिएको छ । यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ९१ रुपैयाँ ९१ पैसा र बिक्रीमा ९२ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ २० पैसा र बिक्री दर ९९ रुपैयाँ ६५ पैसा, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ २५ पैसा र बिक्री मूल्य ९ रुपैयाँ २९ पैसा…

Read More
Main Headlines Travels & Tourism 

आज विश्व पर्यटन दिवस मनाइँदै

११ असाेज, काठमाडाैं । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य रुपमा मनाउन लागिएको हो । दिवस भव्य रूपमा मनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ४५औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ । ‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा भने ‘पर्यटन र शान्ति’ भन्ने नाराका…

Read More
Main Headlines Society 

आजको मौसम : यी स्थानमा भारी वर्षा, तराईमा हुरीबतासको सम्भावना

११ असाेज, काठमाडाैं । देशभर मनसुनी वायुको प्रभाव रहनका साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउँदै जल तथा मौसम विज्ञान विभागले मुुलुकका अधिकांश भागमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ । देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छभने आज दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले आज बिहान जारी गरेको मौसम…

Read More