Business Technology 

नेपाल टेलिकमको चाडपर्व लक्षित दशैं अफर २०८१ अफर

१३ असोज, काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा आफ्ना ग्राहकहरुका लागि दशैं अफर २०८१ उपलब्ध गराएको छ । सो अफर अन्तर्गत सहुलियत दरका भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरु आज (२०८१ असोज १३) देखि प्रारम्भ भई आगामी कार्तिक २३ गते सम्म उपलब्ध हुनेछन् । यस अफर अन्तर्गत साविकका एफटीटीएचका प्याकेजहरुमा साविककै मूल्यमा थप ब्याण्डविथ उपलब्ध गराईएको छ । ५०, ७५, १००, १५० र २०० एमबीपीएस गतिका एफटीटीएच डाटारकम्बो प्याकेजहरुमा ५० प्रतिशत सम्म क्षमता अभिवृद्धि गरी क्रमशः ७५, १००, १२५, १७५ र २२५…

Read More
Health 

के आइसक्रिमले मुड मात्र होइन शरीर र दिमागमा पनि विशेष प्रभाव पार्छ ?

१३ असाेज, काठमाडौँ । आइसक्रिमले हाम्रो मुड मात्र राम्रो बनाउँदैन, यसले हाम्रो शरीर र दिमागमा पनि धेरै प्रभाव पार्छ, तर यसको बढी सेवन गर्नबाट जोगिनुपर्छ, सीमित मात्रामा आइसक्रिम सेवन गर्नु फाइदाजनक हुन्छ । आइसक्रिमको नाम सुन्दा जो कोहीलाई पनि खान मन लाग्छ । भोक लागोस् वा नलागोस्, आइसक्रिम प्राय: खान्छन् । जाडो, गर्मी अथवा वर्षायाम, आइसक्रिम हरेक मौसममा रुचाइन्छ । तर, यसमा चिनी, स्वाद, रङ जस्ता कुरा थपिँदा यसले धेरै रोग निम्त्याउन सक्ने भएकाले यो स्वास्थ्यका लागि राम्रो हुँदैन भन्ने मान्यता पनि छ । तर, हालैका केही अनुसन्धानले आइसक्रिमले हाम्रो…

Read More
Business Share Market 

सेयर बजार २४६४ अंकमा झर्‍यो, हाइड्रोपावर समूहमा बाढीको असर

१३ असोज, काठमाडौं । साताको पहिलो दिन आइतबार पनि सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा २२.३६ अंक घटेसँगै परिसूचक नेप्से २४६४ अंकमा झरेको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ८४ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५ करोडमा खुम्चियो । ४६ कम्पनीको मूल्य बढ्दा १९३ को घट्यो भने ५ को स्थिर रह्यो । यस दिन व्यापार र हाइड्रोपावर उल्लेख्य घटे । व्यापार २.९७ र हाइड्रोपावर २.३६ प्रतिशत घटे । देशमा पछिल्लो समयको बाढीपहिरोले केही हाइड्रोपावर आयोजनामा क्षति पुगेपछि समग्र सेक्टरलाई नै यसले…

Read More
Main Headlines Technology 

शाओमी रेड्मी १४ सी नेपालमा उपलब्ध

१३ असाेज, काठमाडाैैं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १४ सी नेपाली बजारमा सार्वजनिक गरेको छ । यस स्मार्टफोनले प्रयोगकर्ताहरूलाई शक्तिशाली प्रदर्शन र अद्भुत डिस्प्ले उत्कृष्ट डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनको साथ ग्राहकलाई उत्कृस्ट अनुभव प्रदान गर्ने कम्पनिले जनाएको छ । शाओमीले रेड्मी १३ सी को सफलताको रूपमा आफ्नो नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी १४ सी लिएर आएको हो । रेड्मी १४ सी मा ६.८८ इन्चको डट ड्रप डिस्प्ले सहित १२० हर्ट्ज रिफ्रेस रेट रहेको छ । मिडियाटेक हेलियो जी ८१–अल्ट्रा प्रोसेसरद्वारा संचालित यो स्मार्टफोनले सहज मल्टिटास्किंग र गेमिङ प्रदर्शन सुनिश्चित…

Read More
Main Headlines 

उच्च मूल्यबाट ६ सय घट्यो सुन

१३ असोज, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । आइतबार भने ६ सय घटेर १ लाख ६० हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९५५ रुपैयाँ रहेको चाँदी यस दिन १९४५ रुपैयाँ कायम भएको छ ।

Read More
Business Main Headlines Society 

राति १० बजेसम्म आन्तरिक उडान सञ्चालन हुने

१३ असाेज, काठमाडौँ । काठमाडौँ बाहिरका विभिन्न आठ विमानस्थलमा राति १० बजेसम्म आन्तरिक उडान सञ्चालन हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले राति १० बजेसम्मका लागि उडान खुलाउने निर्णय गरेको हो ।  प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार काठमाडौँबाहिरका आठ विमानस्थलमा उपकरणको सहायताले गरिने उडान इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान मात्रै खुलाएको हो । यसअघि वर्षा कम भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान साँझ ६ बजेसम्मका लागि खुलाइएको थियो । आइएफआर उडान हुने विमानस्थलमा रातिसम्म उडान सञ्चालन गरिएको हो । “साँझ ६ बजेसम्म काठमाडौँबाहिराका छ विमानस्थलमा मात्रै उडान खुलाइएको…

Read More
Main Headlines Society 

बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ९९ पुग्यो

१३ असाेज, काठमाडाैँ । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ९९ पुगेको छ । यो विपदमा समाचार तयार पार्दासम्म ७२ जना बेपत्ता भएका छन् भने १०० जना घाइते भएका छन् । गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौंमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको प्रवक्ता तिवारीले जानकारी दिए । शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता तिवारीको भनाइ छ । उद्धार गरिएका मध्ये…

Read More
Main Headlines Society 

आज पनि देशभर मौसम बदली रहने, तर छैन भारी वर्षाको सम्भावना

१३ असाेज, काठमाडाैँ । मौसम पूर्वानुमान महाशाखाले आज पनि देशभर मौसम बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेको महाशाखाले जनाएको छ। साथै उत्तरपूर्वी अरब सागरदेखि उत्तरपश्चिम बिहारसम्म फैलिएको न्यून चापीय रेखाको पनि प्रभाव रहेको महाशाखाले जनाएको छ। महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भईरहेको…

Read More
International Main Headlines 

बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति फ्रान्सद्वारा दुःख व्यक्त

१३ असाेज, काठमाडाैँ । नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति सहानुभूति जनाएकी छिन्। नेपाल–फ्रान्स शैक्षिक साझेदारीका सन्दर्भमा शनिवार साँझ आफ्नै निवासमा आयोजित स्वागत समारोहमा उनले प्राकृतिक विपत्तिमा परी अमूल्य जीवन तथा भौतिक क्षति भएको खबरले आफू मर्माहत भएको बताउँदै यो विषम परिस्थितिमा फ्रान्स सरकार र फ्रान्सेली जनता नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक सहनुभूति एवं ऐक्यबद्धता प्रकट गरिन्। फ्रान्सका विभिन्न शैक्षिक प्रतिष्ठानमा माध्यमिक शिक्षादेखि विद्यावारिधिसम्मको अध्ययन गर्न चाहने नेपालीलाई लक्ष्यित गरी आयोजित शैक्षिक प्रदर्शनीले फ्रान्स र नेपालबीचको…

Read More