Business 

काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको अभाव त हुने होइन, के भन्छ निगम?

१४ असाेज, काठमाडौं । बाढी पहिरोका कारण राजमार्ग अस्तव्यस्त तथा अवरुद्ध भएपछि कतै पेट्रोलियम पदार्थको अभाव हुने त होइन भन्ने चिन्ता बढेको छ। तर, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै पनि समस्या नहुने बताएको छ। निगमले सातदेखि दश दिनलाई पेट्रोलियम पदार्थ मौज्दात रहेकाले आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ। निगमसँग पेट्रोल सात, डिजेल र हवाई इन्धन दश/दश दिनका लागि पुग्ने भण्डार क्षमता छ। थानकोट डिपोमा आइतबारसम्म पेट्रोल एक करोड लिटर, डिजेल तीन करोड लिटर र हवाई इन्धन ५५ लाख लिटर मौज्दात छ। इन्धन बोकेका केही ट्यांकर काठमाडौं आउँदै गरेकाले…

Read More
Main Headlines Society 

प्रधानमन्त्री फर्किंदा आधा घण्टा उडान प्रभावित, विमानस्थल भद्रगोल

१४ असोज, काठमाडौं । अमेरिका भ्रमण सकेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको नेपाल अवतरणका बेला आज सोमबार आधा घण्टा नियमित उडान पूर्णरूपमा प्रभावित भएको छ । यसले विमानस्थलको उडान व्यवस्थापन अझ भद्रगोल बनेको छ । विमानस्थल स्रोतका अनुसार आज दिउँसो ३ः५५ बाट आघा घण्टाका लागि ‘भीभीआईपी मुभमेन्ट’ भन्दै ‘नोटिस फर एयर मेन’ (नोटाम) जारी भएको थियो । नोटाम जारी भएको समयमा आन्तरिक विमानस्थलमा रहेका जहाज र अन्तर्राष्ट्रिय जहाजलाई यहाँबाट उड्न दिइएको थिएन अवतरण गर्न आइरहेका जहाजलाई भने ‘होल्ड’ गराइएको छ । प्रधानमन्त्री चढेको जहाज अवतरण गरेपछि भने उडान सामान्य भएको…

Read More
Share Market 

सेयर बजार आज ४४.४५ अंकले बढ्यो, ३ अर्ब ७१ करोड ५३ लाख रुपैयाँको कारोबार

१४ असोज, काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्लो दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो। सोमबार नेप्से परिसूचक ४४.४५ अंक बढेर २५०८.८६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ६.४५ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.८० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२३ अंक बढेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१९ स्टकको ५० हजार ६८० पटकको…

Read More
International Technology 

एपिक गेम्सको विवादमा एप्पलले समय बढाउन माग गरेकोमा न्यायाधीश बेखुशी

१४ असोज, काठमाडौं । एप्पल हाल १० लाखभन्दा बढी कागजात उत्पादन गर्नुपर्ने समयसीमाको सामना गर्दैछ जुन हालैका एपस्टोर परिवर्तनहरूसँग सम्बन्धित छ। शुक्रबार न्यायाधीश टमस एस. हिक्सनले एप्पलको समयसीमा लम्ब्याउने प्रयासलाई अस्वीकृत गरे र उक्त अनुरोधलाई “खराब व्यवहार” को रूपमा वर्णन गरे। यसले गर्दा एप्पलको समयसीमा अझै पनि सोमबार सेप्टेम्बर 30 नै कायम छ: “एप्पललाई कसरी समयसीमा पूरा गर्ने भन्ने कुरा उनीहरूको जिम्मामा छ, तर सोमबार नै अन्तिम मिति हो।” यो घटनाक्रम एप्पल र फोर्टनाइट निर्माता एपिक गेम्सबीचको चलिरहेको कानुनी विवादको पछिल्लो अध्याय हो। एपिक गेम्सले एप्पलको एपस्टोर नियमहरूविरुद्ध लडिरहेको छ।…

Read More
Business 

पाउन्ड र बहराइन दिनारको मूल्य घट्यो, अस्ट्रेलियन डलर र कुबेती दिनारको बढ्यो

१४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य हिजो अस्तीकै यथावत रहँदा पाउन्ड र बहराइन दिनारको मूल्य घटेको छ। त्यसैगरी युरो, अस्ट्रेलियन डलर र कुबेती दिनारको मूल्य भने बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २३ पैसा छ। विगत तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ। त्यसैगरी आजको लागि यूरो एकको खरिददर…

Read More