Main Headlines 

मेटलाइफ नेपालद्वारा आफ्नो एजेन्सी टोलीको विविधता झल्काउदै भव्य कार्यक्रमको आयोजना

२७ भदाै, काठमाडाैं । विविधतामा एकताको जीवन्त उत्सवमा, मेटलाइफ नेपालले मेटलाइफका सिनियर भाइस प्रेसिडेन्ट र बंगलादेश, मलेशिया नेपाल र भियतनामका प्रमुख, एलेना बुटारोभासँग संयुक्त रूपमा, देशभरका बिभिन्न ठाउँबाट शीर्ष प्रदर्शन गर्ने आफ्नो अभिकर्ता टोलीको अघिल्लो वर्षको सफलता र समर्पित सेवालाई प्रशंसा गर्न, काठमाडौंमा हिजो भव्य कार्यक्रमको आयोजना गरेको थियो । नेपालको हरेक कुनाबाट मेटलाइफका अभिकर्ताहरू आफ्नो परम्परागत राष्ट्रिय पोशाकमा आइपुगेका थिए, जसले समावेशीताप्रति कम्पनीको प्रतिबद्धता र कसरी जीवनका सबै भौगोलिक क्षेत्रका मानिसहरूले नेपाली परिवारको आर्थिक भविष्य सुरक्षित गर्ने एउटै साझा उद्देश्य पूरा गर्न एकसाथ काम गर्छन् भन्ने कुराको रंगीन प्रतिनिधित्व…

Read More
Agriculture Business Main Headlines 

नेपालमा उत्पादित तरकारी कतार निर्यात गर्न सुरु

२७ भदाै, काठमाडाैं । नेपालमा उत्पादन गरिएको तरकारी आजबाट कतारमा निर्यात गर्न सुरु गरिएको छ । चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपाल अफिसको सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज काठमाडौँको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित करिब दुई हजार किलो तरकारी कतार पठाइएको दक्षिणकालीका नगरप्रमुख मोहन बस्नेतले जानकारी दिए । उनले भने,“त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि कतारी राजदूत मिसाल मोहम्मद अली अल अन्सारीलाई तरकारी हस्तान्तरण गरेका छौँ ।” यसैगरी कृषि विभागका महानिर्देशक डा नरहरीप्रशाद घिमिरेले नेपालबाट कतारका लागि तरकारी निर्यात हुनु निकै खुसीको कुरा भएको बताए । ग्रामीण…

Read More
Business Share Market 

७८ अंक बढ्यो बजार, कारोबारमा सुधार

२७ भदौ, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ७८.३२ अंक बढेको छ । ३ प्रतिशत बढेसँगै नेप्से परिसूचक २६८८ अंकमा कायम भएको छ । बजार बढ्दा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ८५ करोडको कारोबार भएकोमा आज ८ अर्ब १६ करोडको भयो । अघिल्ला दिनसम्म अन्तिम समयतिर उच्च दरले घट्ने गरेको बजारमा बिहीबार भने उल्टो स्थिति देखियो । १ : ४६ बजेदेखि बजार उच्च दरले उकालो लाग्यो । २२९ कम्पनीको मूल्य बढ्दा १२ को घट्यो भने ३ को स्थिर रह्यो । सबैजसो क्षेत्रका…

Read More
Main Headlines 

फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा पुनः उडान

२७ भदाै, काठमाडाैं । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान सुरु भएको छ । केही महिना बन्द रहेको विमानस्थलमा आजदेखि पुन उडान थालिएको हो । गत बिहीबार नै उडान भर्ने भनिए पनि यात्रु नपाएर उडान भएको थिएन । यात्रु पाएसँगै आज बिहानबाट उडान सुरु भएको नेपाल एयरलाइन्स सुकिलुम्बा विमानस्थल इलामका इन्चार्ज दिनेश सुन्दासले बताए । उनका अनुसार काठमाडौँबाट इलामका लागि छ जना यात्रु आएको र काठमाडौँका लागि आठ जना यात्रु लिएर गएको छ । इलाम नगरपालिका–९ मा रहेको सुकिलुम्बा विमानस्थलबाट नेपाल एयरलाइन्सको २७ सिट क्षमताको जहाजले उडान गरेको छ । अब…

Read More
Main Headlines 

सरकारले तोकेका वार्षिक क्रियाकलाप र माइलस्टोनहरुको कार्यप्रगति कमजोर

२७ भदाै, काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०८०/८१ का लागि निर्धारण गरेका वार्षिक क्रियाकलाप र माइलस्टोनहरुको कार्यप्रगति कमजोर देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयले सार्वजनिक गरेको ‘नीति तथा प्रमुख कार्यहरुको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१’ अनुसार गत आवका लागि निर्धारण गरिएकामध्ये करिब ४२ प्रतिशत क्रियाकलाप र ४८ दशमलव पाँच प्रतिशत माइलस्टोन मात्रै सम्पन्न भएको देखिएको हो । “आर्थिक वर्ष २०८०/८१ का लागि विभिन्न २७ निकायहरुको कार्ययोजनामा समावेश भएका कूल एक हजार छ सय क्रियाकलापमध्ये ४१ दशमलव सात प्रतिशत सम्पन्न भएका छन् । त्यस्तै, कूल तीन हजार चार…

Read More
Banking Business 

महालक्ष्मी विकास बैंक र अध्यान्ता फण्ड म्यानेजमेन्टबीच सम्झौता

२७ भदाै, काठमाडौं । महालक्ष्मी विकास बैंक र अध्यान्ता फण्ड म्यानेजमेन्टबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बैंक र म्यानेजमेन्टबीच साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँच तथा लगानीको आधार निर्माण गर्ने सम्बन्धमा एक रणनितिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता अनुसार कृषि, कृषि आपुर्ती, कृषि प्रशोधन, पर्यटन, उत्पादन, डिजिटल सेवा, हस्तकला र अन्य उत्पादनशील तथा निर्यात क्षेत्रमा रहेका साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँच अभिवृद्धि तथा लगानीको आधार निर्माण गर्दै प्रतिस्पर्धात्मक क्षमताको विकास तथा आर्थिक प्रतिकुलताको समयमा पनि सञ्चालन सक्षमताको विकास गर्न एक आपसमा साझेदरी गर्ने सम्बन्धमा सहमति…

Read More
Banking Main Headlines Share Market 

हिमालयन बैंकको ४ लाख २८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

२७ भदाै, काठमाडौं । हिमालयन बैंक लिमिटेडले ४ लाख २८ हजार ५४० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो । बैंकले पाँच जना शेयरधनीहरूको नाममा रहेको यी शेयर आगामी ३५ दिनभित्र आवेदन पेश गर्न सकिने गरी बिक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले तोकिएको अवधिभित्र बैंकको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन पेश नगरेमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर बिक्री गरिने जानकारी बैंकले दिएको छ…

Read More
Gold & Silver 

सुनको मुल्यमा सामान्य गिरावट

२७ भदाै, काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार ९हिजो० छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो । चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ७८० रुपैयाँमा…

Read More
Agriculture Business Society 

‘खुर्सानीले पेट भरिन्न भन्ने अहिले मेरो नै सिको गर्दैछन्’

२७ भदाै, बागलुङ । बागलुङमा उत्पादित अकबरे खुर्सानी विदेश निर्यात हुन थालेको छ। यहाँस्थित काठेखोला गाउँपालिका–८ लेखानीका लालकुमारी पुनले एक क्विन्टलभन्दा बढी अकबरे खुर्सानी दुबई निर्यात गरेकी हुन्। उनले भनिन्, ‘गत वैशाखदेखि हालसम्म एक क्विन्टलभन्दा बढी अकबरे खुर्सानी विदेश निर्यात भएको छ। अकबरे खुर्सानीको व्यवसायिक खेती गर्दा खुर्सानीले पेट भरिन्न भन्ने अहिले मेरो नै सिको गर्दैछन्।’ वि.सं. २०७० मा तत्कालीन कृषि कार्यालय बागलुङले लालकुमारीको गाउँमै पुगेर कृषि व्यवसाय प्रवर्द्धन तालिमको आयोजना गरेको थियो। त्यही तालिम नै उनको जीवनमा कोसेढुङ्गा सावित भयो। गाउँगाउँमा महिलाले उत्पादन गरेको तरकारीले सहजै बजार नपाएको तालिममा…

Read More
Business Main Headlines Society 

युरो बढ्यो, पाउण्ड स्टर्लिङ, अस्ट्रेलियन डलर र कतारी रियालको मूल्य घट्यो

२७ भाद्र, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सटही दरअनुसार अमेरिकी डलरको मूल्य स्थिर देखिँदा युरो बढेको छ भने पाउण्ड स्टर्लिङ घटेको छ। नेपाली बजारमा आज अस्ट्रेलियन डलर र कतारी रियालको मूल्य भने घटेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा रहेको छ। अमेरिकी डलर बुधबार पनि यही मूल्यमा कारोबार भएको थियो। आजको विनिमयदर अनुसार युरोपियन युरोको मूल्य बढेको छ। युरो आज एकको खरिददर एक सय ४८ रुपैयाँ १८ पैसा र बिक्रीदर…

Read More