Share Market 

नेप्से ११४ अंकले बढेपछि १८ कम्पनीको सेयर मूल्यमा लाग्यो सकारात्मक सर्किट

१५ असाेज, काठमाडौं । मंगलबार सेयरबजारमा उच्च वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से ११४.७० अंकले बढेर २६२३.५६ विन्दुमा पुगेको हो।

४.५७ प्रतिशतले बढेसँगै लगानीकर्ताले ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँको सेयर किनबेच गरेका छन्।

१ करोड ७५ लाख ७ हजार कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो। आजको कारोबारमा एउटाबाहेक सबै कम्पनीको सेयर मूल्य बढेको हो।

एक कम्पनीको मूल्य स्थिर रहे पनि २४३ वटाको मूल्य बढ्नपुगेको छ।

आज मात्रै १८ कम्पनीको सेयर १० प्रतिशतले बढेको छ। आज अधिकांश फाइनान्स कम्पनीहरुको सेयरमा उच्च वृद्धि देखिएको नेप्सेले जनाएको छ।

१० प्रतिशतले सेयर बढेका कम्पनीहरु

बुटवल पावर कम्पनी, गुर्खाज फाइनान्स
गुडविल फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स
सेन्ट्रल फाइनान्स, जानकी फाइनान्स
समृद्धि फाइनान्स, गुह्येश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स
आईसीएफसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स
मल्टिपर्पस फाइनान्स, रिलायन्स फाइनान्स
अरुण कावेली पावर लिमिटेड, दोर्दीखोला जलविद्युत्
इस्टर्न हाइड्रोपावर, सिटी होटल
थ्रि स्टार हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनी

कारोबारतर्फ आज एनएलजी इन्स्योरेन्स कम्पनीको २८ करोड ८२ लाख, हिमालयन रिइन्स्योरेन्सको २३ करोड ५१ लाख, नेपाल फाइनान्सको २० करोड ७२ लाख, सीईडीबी हाइड्रोको १९ करोड ७२ लाख लाख र अपि पावरको १८ करोड १० लाखको सेयर किनबेच भएको छ।

Related posts

Leave a Comment