Main Headlines Society 

माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादन थाल्न पहल सुरु

१६ असोज, काठमाडौं । सञ्चालनमा रहेका जलविद्युतगृहहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको  माथिल्लो तामाकोशीबाट जतिसक्दो चाँडो विद्युत् उत्पादन सुरु गर्न पहल थालिएको छ । गत शुक्रबार र शनिवार आएको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युतकेन्द्रको बाँध क्षेत्रका संरचना (हेडवक्र्स)मा ठूलो क्षति पुर्याएको थियो । बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट)मा ठूलो क्षति पुगेको छ । कन्ट्रोल रुम भवन र त्यहाँ रहेका उपकरणहरु पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । डिस्याण्डरमा…

Read More
Business Share Market 

२६ सयमुनि झर्‍यो सेयर बजार, कारोबार घट्यो

१६ असोज, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से २६ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा यस दिन नेप्से २६.०७ अंक घटेको हो । सो गिरावटपछि नेप्से २५९७ अंकमा कायम भएको छ । कारोबार रकम घटेको छ । अघिल्लो दिन ७ अर्ब ६१ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७७ करोडमै सीमित भयो । ५४ कम्पनीको मूल्य बढ्दा १८७ को घट्यो भने ३ को स्थिर रह्यो । फाइनान्सबाहेकका सबै क्षेत्रगत सूचक घटेका छन् । फाइनान्स १.७५ प्रतिशत बढ्यो । बैंकिङ ०.७१, विकास बैंक १.३८, होटल तथा पर्यटन १.७९, हाइड्रोपावर…

Read More
Banking 

राष्ट्रिय वाणिज्य बैंकको कल सेन्टर चौबिसै घण्टा

१६ असोज, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजास्थित कल सेन्टर अब चौबिसै घण्टा सञ्चालन हुने भएको छ । बैंकको सेवाका बारेमा टेलिफोन नम्बर ०१–५९७००१८ कल गरेर चौबिसै घण्टा जानकारी लिन सकिनेछ । बैंकको सेवाबारे जानकारी लिन चाहनेहरु यो सेवाबाट लाभान्वित हुने बैंकको विश्वास छ । साथै बैंकको सेवा प्रवाह थप सुधार आउने अपेक्षा छ ।

Read More
Banking 

५० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक

१६ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि निरन्तर तरलता खिचिरहेको केन्द्रीय बैंकले बुधबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत थप ५० अर्ब खिच्ने भएको हो । सात दिनका लागि बोलकबोल हुने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज २३ असोजमा भुक्तानी हुनेछ । स्थायी निक्षेप सुविधा नियमित उपलब्ध गराएको केन्द्रीय बैंकले ब्याजदर करिडोरको प्रभावकारी कार्यान्वयका लागि निक्षेप संकलन उपकरण समेत बोलकबोल गरिरहेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमाका रूपमा…

Read More
Business Gold & Silver 

सुन तोलामा ८ सय बढ्यो

१६ असोज, काठमाडौं । बुधबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलामा १ लाख ६० हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार थियो । गत शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँ पुगेको थियो । चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९२५ रुपैयाँ रहेको चाँदी यस दिन १९३५ रुपैयाँ कायम भएको छ ।

Read More
Agriculture 

कृषिमा छ अर्बको क्षति

१६ असोज, कठमाडौँ । असोज १० र ११ गते परेको अविरल वर्षाका कारण कृषि क्षेत्रमा पाँच अर्ब ८३ करोड रुपियाँभन्दा बढीको क्षति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्क अनुसार सबभन्दा बढी धान बालीमा तीन अर्ब ५० करोड रुपियाँ बराबरको क्षति भएको छ । कृषि मन्त्रालयका अनुसार ५८ हजार ४७६ हेक्टर क्षेत्रफलको धान बाली नष्ट भएको छ । जसमा तीन अर्ब ५० करोड रुपियाँ बराबरको धान बाली नष्ट भएको छ । सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ,…

Read More